मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी टोक्यो
२०७७ पौष २८ मंगलबार १४:३९:००
Read Time : < 1 मिनेट
विश्व

जापानमा हिउँमा परेर १३ जनाको मृत्यु, सयौँ घाइते

Read Time : < 1 मिनेट
एजेन्सी टोक्यो
२०७७ पौष २८ मंगलबार १४:३९:००

जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरूले जनाएका छन् । जापानी अग्नि तथा विपत् व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर दुई सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । 

स्थानीय सञ्चारमाध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको जनाएका छन् । हिउँसँग सम्बन्धित दुर्घटनामा यहाँ ४७ जना घाइते भएका छन् । यस्तै, निगाता प्रिफेक्चरमा पनि हिउँ फाल्ने क्रममा चारजनाको मृत्यु भएको छ । हिमपातले सर्वाधिक प्रभाव परेका तीनवटा प्रिफेक्चरमा उद्धार र सहायताका लागि जापानी सेनालाई पनि परिचालन गरिएको छ । 

यसबाहेक, हिमपातका कारण सडक यातायात पनि नराम्रोसँग प्रभावित भएको छ । होकुरिकु द्रुतमार्गमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन अलपत्र परेका छन् । जापानको मौसम विभाग (जेएमए) ले प्रशान्त महासागरतर्फको पूर्वी क्षेत्रमा मंगलबारसम्म हिमपात हुने जनाएको छ । किन्की, टोकाई र शिकोकु क्षेत्रमा मंगलबार साँझसम्म पहाडी इलाकामा २० सेन्टिमिटरसम्म हिउँ पर्ने जेएमएले बताएको छ ।