१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ पौष २८ मंगलबार १३:४४:००
Read Time : < 1 मिनेट
विश्व

ट्रम्पले क्युवालाई ‘आतंकवादलाई सहयोग गर्ने देश’को सूचीमा पुनः राखे 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ पौष २८ मंगलबार १३:४४:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवालाई ‘आतंकवादलाई सहयोग गर्ने देश’को सूचीमा पुनः समावेश गरेका छन् । यसअघि पूर्वराष्ट्रपति बाराक ओबामाले यो सूचीबाट क्युवालाई हटाएका थिए । ट्रम्पको यो निर्णय नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्ने केही दिनअघि मात्रै आएको हो । बाइडेनले २० जनवरीमा राष्ट्रपतिको शपथग्रहण गर्दै छन् । 

अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले अमेरिकी सरकारले सधैँ क्यास्ट्रो सरकारप्रति आतंकवादलाई सहयोग नगर्न ध्यानाकर्षण गरेको बताए । उनले भने, ‘तर क्युवाले अन्तर्राष्ट्रिय आतंकवादलाई पटक–पटक सहयोग गर्दै आइरहेको छ । यसकारण अमेरिकाले यो सूचीमा पुनः राखेको हो ।’ अमेरिकाको यो कदमले क्युवालाई जिम्मेवार बन्न सहयोग पुग्ने पोम्पिओको भनाइ छ । साथै क्यास्ट्रो शासनले अन्तर्राष्ट्रिय आतंकवादलाई सहयोग नगर्ने र अमेरिकी न्याय व्यवस्थालाई क्षति नपुऱ्याउने अपेक्षा गरेको उनले बताए । 

यसअघि ओबामा प्रशासनले क्युवालाई यो सूचीबाट हटाएको थियो । यो सूचीमा क्युवालाई सामावेश गरेपछि क्युवासँग कारोबार गर्ने देशलाई पनि आमेरिकाले दण्डित गर्न सक्छ । साथै यो सूचीमा समावेश भएका राष्ट्रालाई अमेरिकाको कुनै पनि सहयोग हुँदैन । साथै सम्पूर्ण आयात–निर्यात पनि बन्द हुनेछ ।