१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
भोजराज भण्डारी
२o८१ बैशाख ३० आइतबार १३:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिंहदरबारभित्रको ग्यालरी भवन, पुरानै शैलीमा फर्काउने प्राधिकरणको योजना कहाँ पुग्यो ?

Read Time : > 1 मिनेट
भोजराज भण्डारी
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:३३:oo

करिब एक दशकदेखि गुमनाम रहँदै आएको सिंहदरबारभित्रको (स्टेट हल) ग्यालरी भवन पुनर्निर्माणको कार्य अघि बढाइएको छ । 

कुनै जमाना राणाहरूले विशिष्ट पाहुनाहरूको स्वागतका लागि प्रयोगमा आउने यस स्टेट हललाई पुनर्निर्माण गरी  पुरानै शैलीमा फर्काउन लागिएको हो ।

१२ वैशाख ०७२ सालको भूकम्प  र त्यसपछिको परकम्पले झनै जीर्ण बनेको यस स्टेट हललाई पुनर्निर्माण प्राधिकरणले पहिलाकै अवस्थामा फर्काउने र विशेष कार्यकक्ष बनाउने प्राधिकरणको तयारी रहेको छ । 

विशेषगरी  ऐतिहासिक महत्व बोकेको यस  सिंहदरबारभित्रको स्टेट हलको  पुनर्निर्माणको जिम्मा  पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणको समन्वयमा भएको भइरहेको छ ।

श्री ३ महाराज भएका चन्द्रशमशेरले आफू शक्तिमा आएलगत्तै निजी प्रयोजनका लागि सिंहदरबार निर्माण सुरु गरे ।

सिंहदरबारको निर्माणसँगै राणाले विशिष्ट पाहुनाको स्वागतका लागि (ग्यालरी बैठक) स्टेट हलको पनि निर्माण गरेका थिए ।

सिंहदरबारको पश्चिमपट्टि पर्ने यस स्टेट हल विगत एक दशकदेखि प्रयोगविहीन थियो । 

पछिल्लो समय विशिष्ट पाहुनाहरूको स्वागत पाँचतारे होटेलहरूमा सीमित बन्न पुगेपछि यस हल गुमनाम  मात्रै बन्न पुगेन, सरकारी तवरबाटै बेवास्ता गरिएको थियो । 

पहिला नै भुइँ हल्लिने समस्याका कारण कमजोर बनेको संरचना भूकम्पले स्टेट हलको ऐतिहासिक सजावटका सामानहरूमा समेत क्षति पुगेको अवस्थामा थियो । त्यस्तो अवस्थालाई पहिलाकै अवस्थामा फर्काउनका लागि कम्मर कसेर लागिरहेको  पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले बताए ।

‘पहिलो चरणको सिंहदरबारको प्रबलीकरण र दोस्रो चरणमा स्टेट हल निर्माण बनाउने रहेकोमा अहिले दोस्रो चरणको काम भइरहेको छ,’ उनले भने, ‘अलिक प्राविधिक रूपमा अलिक जटिल भए पनि त्यसलाई जोगाएर काम भएको र पुनः त्यसलाई विशिष्ट कक्षहरूमा परिणत गर्ने छौँ ।’  

आधुनिक नयाँ स्टेट हल बनाउने तयारीमा प्राधिकरण
पुनर्निर्माण प्राधिकरणले परराष्ट्र मन्त्रालयकाे  पहलमा नयाँ  र आधुनिक ग्यालरी भवन (स्टेट हल) बनाउने तयारी रहेको प्राधिकरणले जनाएको छ । 

पुरानो स्टेट हललाई प्राविधिक रूपमा जोगाउने र नयाँ र आधुनिक धेरै  पाहुना अट्ने नयाँ  ग्यालरी भवनको समेत निर्माण  गर्न परराष्ट्र मन्त्रालयले गत फागुनमै पत्र पठाएको थियो । 

पत्रअनुसार नै प्राधिकरणले  नयाँ र आधुनिक स्टेट हल बनाउने तयारी गरेको त्यसका लागि अध्ययनको कामसमेत सकेको जनाएको छ । 

ग्यालरी भवन निर्माणका  लागि अर्थ मन्त्रालयबाट बजेट प्राप्त भएपछि  निर्माण कार्य अघि बढाउने प्राधिकरणले जनाएको छ ।

ad
ad