मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १४ शुक्रबार
  • Friday, 26 February, 2021
२०७७ पौष २३ बिहीबार ०७:४२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा हिंसा, एक महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यु

Read Time : < 1 मिनेट
२०७७ पौष २३ बिहीबार ०७:४२:००

अमेरिकामा हिंसा मच्चिएको छ । अमेरिकी राष्ट्रपति निर्वाचनको घोषणाको प्रक्रिया चलिरहेको बेला ट्रम्प समर्थक भिड क्यापिटल हिलस्थित सिनेटमा प्रवेश गरेपछि हिंसा मच्चिएको हो ।

भिडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एक  महिलाको ज्यान गएको छ । बिग्रदो स्थितीलाई नियन्त्रणमा लिन वासिङ्टनमा कर्फ्यु जारी गरिएको छ । 

ताल्चा र ढोका फोरेर ट्रम्प समर्थक भिड क्यापिटल हिलस्थित सिनेट प्रवेश गरेर उत्पात मच्चाएर प्रदर्शन गरेपछि प्रहरीले गोली चलाएको हो । 

प्रदर्शनकारी सिनेट सभापतिको कुर्सीमा समेत बसेका छन् । अमेरिकी कंग्रेसमा सांसदहरूले जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो।