Skip This
भारतमा कोरोना संक्रमितको संख्या एक करोड तीन लाखनजिक
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष १७ शुक्रबार
  • Wednesday, 17 September, 2025
रासस रासस/सिन्ह्वा
२o७७ पौष १७ शुक्रबार १३:१२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा कोरोना संक्रमितको संख्या एक करोड तीन लाखनजिक

Read Time : < 1 मिनेट
रासस रासस/सिन्ह्वा
नयाँ पत्रिका रासस/सिन्ह्वा
२o७७ पौष १७ शुक्रबार १३:१२:oo

भारतमा कोरोना भाइरस संक्रमितको संख्या शुक्रबारसम्म एक करोड दुई लाख ८६ हजारभन्दा बढी पुगेको छ ।

विगत २४ घन्टाको अवधिमा भारतमा २० हजार ३५ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड दुई लाख ८६ हजार सात सय नौ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

गत २४ घन्टामा भारतमा कोरोना संक्रमणको कारण दुई सय ५६ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट निधन हुनेको संख्या एक लाख ४८ हजार नाै सय ९४ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा ९८ लाख ८३ हजार चार सय ६१ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ५४ हजार दुई सय ५४ सक्रिय संक्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार पाँच सय ७४ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १३ जनाको निधन भएको छ । भारतमा कोभिड– १९ सुरु भएयता काेराेना संक्रमणको कारण दिल्लीमा १० हजार पाँच सय ३६ जनाको निधन भइसकेको छ । 

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड– १९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ३१ लाख ११ हजार ६ सय ९४  को हाराहारीमा नमुना परीक्षण गरेको जनाएको छ । 

भारतमा बिहीबार एक दिनमा  १० लाख ६२ हजार चार सय २० जनाको कोरोना भाइरस नमुना परीक्षण भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड– १९ को खोप तयारको कार्य भइरहेको बताएका थिए ।