Skip This
ad
इरानमा हिमपहिरोमा परी कम्तीमा १० आरोहीको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
एजेन्सी
२o८१ बैशाख २६ बुधबार १२:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

इरानमा हिमपहिरोमा परी कम्तीमा १० आरोहीको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:१५:oo

इरानको अल्बोर्ज माउन्टेन रेन्जमा आएको हिमपहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । इरानका अधिकारीहरूका अनुसार हिमपहिरो र त्यसपछि हिउँपातसँगै आएको हुरीमा परी अरू धेरै हराइरहेका छन् । 

घटना भएको हिमाल इरानको राजधानी तेहरानदेखि उत्तरतर्फ पर्छ । राजधानीबाट नजिकै पर्ने माउन्टेन अल्बोर्ज आरोही र स्की गर्न चाहनेहरूमा निक्कै चर्चित छ । सो क्षेत्रमा पछिल्लो केही दिनदेखि मौसम बिग्रिएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय मानवीय अभियान द रेड क्रेसेन्टले उक्त क्षेत्रमा हराइरहेकाहरूको खोजीका लागि २० टोली खटाएको जनाएको छ । उनीहरूले १४ जना आरोहीहरूको उद्धार गरेका छन् । अझै सातजना हराइरहेको जनाइएको छ ।

हराइरहेकाहरूको खोजी मध्यरातमा रोकिएको थियो । केही समय आरामपछि बिहानबाटै फेरि खोजी सुरु हुने जनाइएको छ ।

मृत्यु भएकाहरूमा राजनीतिकर्मी, प्राज्ञ, डाक्टर र पर्वतारोहण इन्स्ट्रक्टर रहेको जनाइएको छ । सो क्षेत्रमा शुक्रबार झन्डै एक सयजना रोकिएका थिए । उनीहरू स्की गर्न जाने र अरू व्यक्ति थिए । हिमपहिरोले केवल लाइन ध्वस्त बनाएपछि उनीहरू त्यहीँ हड्किएका थिए । यस क्षेत्रमा अझै हिमपहिरो आउन सक्ने चेतावनी जारी गरिएको छ ।
 

ad
ad