१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o९:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

वामदेवजीको एकताको भावनालाई अघि बढाऔँ : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:१४:oo

एमाले अध्यक्ष केपी ओलीले तत्कालीन पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकता गर्ने भावना अघि बढाउन आग्रह गरेका छन् । सिद्धिनाथ ज्ञवालीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थको सोमबार विमोचन गर्दै ओलीले त्यस्तो बताएका हुन् । तत्कालीन उपाध्यक्ष गौतमले एमाले छाडेर गल्ती गरेको र आत्मालोचनासहित पार्टीमा फर्किएर जिम्मेवारीसहित काम गर्न तयार रहेको बताएपछि ओलीले कार्यक्रममा जवाफ फर्काएका थिए । 

‘वामदेव कमरेडले कतिपय कुरा उठाउनुभएको छ । अहिले यो छलफल गर्ने उपयुक्त होइन, त्यसकारण म त्यतापट्टि प्रवेश गर्दिनँ । अर्को समयमा छलफल गरौँला,’ उनले भने, ‘म यति भन्न सक्छु, वामदेवजीको अहिले जुन एकताको भावना व्यक्त भएको छ, त्यो सकारात्मक भावना हो । यस भावनालाई अगाडि बढाऔँ । राष्ट्रिय एकता महाअभियानको अध्यक्ष हुनुहुन्छ, यो महाअभियान सफल होस्, मेरो शुभकामना छ ।’ गौतमले आफू एमालेमा फर्कन तयार रहेको भन्दै अध्यक्ष ओलीलाई आफूहरूलाई जिम्मेवारी दिन आग्रह गरेका थिए । उनले पार्टी छाडेकोमा आफूले गल्ती महसुस गरिसकेको बताएका थिए । ‘मेरो गल्ती–कमजोरी देखिएका छन्, आत्मालोचना गरेको छु,’ उनले भने, ‘मान्छेबाट गल्ती हुन्छ, कमजोरी प्रशस्तै हुन्छ । रियलाइजेसन गर्नु सबैभन्दा ठूलो कुरा हो ।’

ओलीले विगतको त्याग, बलिदान र निष्ठालाई बिर्सिएर हाँहु गरेको भरमा सांसद र मन्त्री बन्ने प्रवृत्ति राजनीतिमा देखिन थालेको भन्दै त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । ‘अहिले त समय कस्तोसम्म आएको छ भने हाँहु गरेको भरमा जनप्रतिनिधि छानिन्छ । हाँहु गरेको भरमा मन्त्री पनि बनिन्छ । बहुमत कसैको छैन, को मन्त्री बन्छ को बन्दैन ठेगान छैन । यस्तो वेलामा त्याग र कठिनाइका दिनको नयाँ पुस्तासम्म कसले पुर्‍याउने ? अहिले पुरानो त्यागको अवमूल्यन र अपमान गर्ने प्रवृत्ति चलेको छ,’ ओलीले भने ।

ad
ad