मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Thursday, 16 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १६ मंगलबार o९:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नक्कली कागजपत्र बनाई जापान पठाउने १४ एजेन्सी निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार o९:३९:oo

वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्र बनाई जापान पठाइदिने १४ वटा संस्था निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागको सोमबार बसेको बैठकले उजुरीका आधारमा ती संस्थालाई निलम्बन गरेको हो । निलम्बनमा परेका ती संस्थाहरूलाई अनुसन्धान गर्ने विभागले जनाएको छ  । 

ती संस्थाहरुले जापानिज भाषा र संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएको विभागमा उजुरी परेको थियो । त्यस्तै, श्रम स्वीकृति लिएका नेपाली कामदारलाई जापानसमेत पठाइसकिएको विभागले जनाएको छ । विभागमा परेको उजुरीका आधारमा छानबिन गरिएको थियो । विभागको प्रारम्भिक अनुसन्धानले सो कार्यमा संलग्न देखिएका म्यानपावर कम्पनीलाई निलम्बन गरी अनुसन्धान गरिने विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताएका छन् । 

निलम्बनमा पर्ने संस्थाहरूमध्ये गुडविल लाइफ इन्टरनेसनल इन्प्लोइमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डिएन इन्टरनेसनल नेपाल ओभरसिज, रोयल ओभरसिज, जब्स ग्लोबल डटकम इम्पोइमेन्ट, लायन्स इन्टरनेसनल नेपाल, भण्डारी ओरभसिज, वल्ड फेवर ओभरसिज, एनएपी इन्टरनेसनल, मन्जुश्री ओभरसिज, एएनएफ एसोसिएट, क्यापिटल इन्टरनेसल म्यानपावर, ग्यान्ड स्विट जब र अक्सन इनटरनेसललाई निलम्बन गरेको छ । 

नक्कली कागजपत्र बनाएर नेपाली कामदार ठगिएको यो भने पहिलो घटना होइन । यसअघि पनि विभागको नक्कली लेटरप्याड बनाई कोरियामा रोजगारीका लागि आवेदन खुलाइएको सूचनासमेत जारी भएको थियो । तर, विभागले यस खालका गलत सूचनाको भ्रममा नपर्न र कुनै पनि कुराको भेरिफाई गर्न सबैमा आग्रह गरेको थियो ।