१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भिजिट भिसामा मानव तस्करी गर्ने ट्राभल एजेन्सी सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:o३:oo

नक्कली कागजात बनाई भिजिट भिसामा विदेश पठाई मानव तस्करी गर्न सघाउने ट्राभल्स एजेन्सीका सञ्चालक विनोद कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले भिजिट भिसामा विदेश जान लागेका युवायुवतीको शंकास्पद कागजातसहित राहदानी प्लस टूको सर्टिफिकेट, श्रम स्वीकृति, प्रहरी रिपोर्टलगायत कागजातमाथि आशंका गर्दै प्रहरीलाई सूचना दिएको थियो । 

सोही आधारमा एजेन्ट, कन्सलटेन्सी, ट्राभल्स एजेन्सीहरूले एयरलाइन्सलाई प्रतिव्यक्ति दश देखि १५ हजारसम्म र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हाजरसम्म सेटिङ मिलाई विदेश पठाउने खुल्न आएको थियो । यसरी मिलाउन संलग्न भएको आरोपमा ट्राभल्स कार्कीलाई प्रहरीले बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर टेकु पठाएको जनाएको छ । 

ad
ad