१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार २१:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वर्षाले घटायो डढेलो, आजभन्दा भोलि धेरै ठाउँमा पानी पर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २१:४o:oo

लामो समयपछिको वर्षाका कारण गण्डकी, बागमती र कोशी प्रदेश क्षेत्रको केही ठाउँको डढेलो निभेको छ।

नासाको मोडिज भूउपग्रहको तथ्यांक हेर्दा पूर्वी र मध्य नेपालसँगै पश्चिममा गण्डकी क्षेत्रको डढेलो थोरै घटेको छ। तर, पश्चिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको डढेलो भने कायमै छ। 

शनिबार २३८ स्थानमा डढेलो रहेकामा आइतबार घटेर १४४ स्थानमा कायम भएको छ। 

पश्चिमी वायु र स्थानीय वायुका कारण वर्षा हुँदा पूर्वमा इलाम र धनकुटा क्षेत्रमा वर्षा भएको छ। आइतबार इलाम जीतपुरमा २१.८ मिमि पानी परेको छ। भारतको मेघालय, बंगाल हुँदै प्रवेश गरेको प्रणालीले वर्षा गराएको हो।

गण्डकी र बागमतीको पहाडी क्षेत्रमा भने स्थानीय  वायु सक्रिय हुँदा वर्षा भएको छ। गण्डकी क्षेत्रमा बनेको स्थानीय वायुको बादल कोशीसम्म विस्तार भएको छ, यसले पहाडी क्षेत्रमा वर्षा गराएको हो।

यो प्रणालीले सबैभन्दा बढी कास्कीको छोम्रोङमा २७ मिमि पानी पारेको छ। त्यसभन्दा पश्चिम म्याग्दीमा १३ मिमि पानी परेको छ भने जुम्लामा ३.६ मिमि पानी परेको छ।  कर्णाली चिसापानीमा फाटफुट मात्र पानी परेको छ। त्ययसपछि पश्चिममा नेपालपरासी र नवलपुरबाहेक तराई क्षेत्रमा वर्षा देखिँदैन, त्यहाँ १४ मिमिसम्म पानी परेको छ। 

पोखरा, पर्वत,लमजुङ, गोरखा, तनहुँ , मकवानपुर,  काठमाडौं लगायत क्षेत्रमा पानी परेको छ। काठमाडौंमा भने धेरै वर्षा भएको छैन, सुन्दरीजलमा ४ मिमि र बुढानिलकण्ठ २.८ मिमि पानी परेको छ । काठमाडौं ३० चैतपछि आइतबार वर्षा भएको हो ।त्यतिखेर २.५ मिमि वर्षा रेकर्ड भएको थियो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौंमा सोमबार पनि हल्का वर्षाको सम्भावना छ। 
  
सोमबार कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

सोमबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ।  देशका बाँकी भूभागका एक–दुई हल्का वर्षाको सम्भावना छ।

ad
ad