मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर ३० मंगलबार
  • Tuesday, 15 July, 2025
एजेन्सी
२o७७ मङ्सिर ३० मंगलबार १३:३४:oo
Read Time : < 1 मिनेट
विश्व

काबुलका डेपुटी गभर्नर मोहेबीको विस्फोटमा परी मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ मङ्सिर ३० मंगलबार १३:३४:oo

अफनानिस्तानको राजधानी काबुलका डेपुटी गभर्नर र उनको सुरक्षाकर्मीको विस्फोटमा परेर मृत्यु भएको छ । उनी सवार सवारीसाधनमाथि अज्ञात समूहले बम प्रहार गरेकाे थियाे । 
डेपुटी गभर्नर महबुबउल्लाह मोहेबी उनका निजी सुरक्षाकर्मीसहित मंगलबार यात्रा गरिरहेका थिए । 

अफगानिस्तानको ‘टोलो समाचार’का अनुसार मोहेबी र उनका सुरक्षाकर्मीको विस्फोटमा परी मृत्यु भएको काबुल प्रहरीले जनाएको छ ।  

मोहेबीमाथिको आक्रमण कुनै पनि समूहले दाबी गरेको छैन । गत साता पनि अफगान सरकारका प्रोसिक्युटरको गोली हानी हत्या भएको थियो । मंगलबार नै काबुलमा भएको अर्को गोली प्रहारबाट एक प्रहरीको मृत्यु हुनुको साथै एकजना प्रहरी घाइते भएको काबुल पुलिसका प्रवक्ता फेरदास फारामर्जले बताएका छन्