Skip This
बेलायतपछि क्यानाडाले पनि फाइजर खोपलाई दियो स्वीकृति, अर्को हप्तादेखि लगाइने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २५ बिहीबार
  • Saturday, 27 July, 2024
रासस/एएनआई
२o७७ मङ्सिर २५ बिहीबार ११:१३:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायतपछि क्यानाडाले पनि फाइजर खोपलाई दियो स्वीकृति, अर्को हप्तादेखि लगाइने

Read Time : > 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
२o७७ मङ्सिर २५ बिहीबार ११:१३:oo

क्यानाडाले पनि कोरोना भाइरसविरुद्धको फाइजर खोप त्यहाँका नागरिकलाई लगाउने गरी स्वीकृति दिएको छ ।

क्यानाडाको स्वास्थ्यसम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापाक अनुसन्धान भएको र त्यहाँको सरकारले क्यानाडाका १६ वर्षभन्दामाथिको उमेरका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ ।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले यस फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा व्यापक मात्रामा खोजी र अनुसन्धान गरेको र त्यसपछि यो खोप लगाउन सुरक्षित देखिएको भन्दै उक्त खोप सिफारिस गरेको हो ।

अर्को हप्तादेखि क्यानाडामा सो खोप लगाइने भएको छ । समाचारमा जनाइएअनुसार यहाँका स्वास्थ्य अधिकारीहरूले अर्को हप्तासम्ममा क्यानाडामा यो खोप आइपुग्ने र नागरिकलाई लगाउन थालिने जनाएका छन् ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्को हप्तासम्ममा यो खोप क्यानाडामा आइपुग्ने जानकारी दिनुभयो । उहाँले सो खोपको प्रभावकारिताको अनुसन्धान भएको र क्यानाडाका १४ वटा वितरक कम्पनीहरूले उक्त खोप यहाँ ल्याएर वितरण गर्ने बताए ।  

उता पछिल्लो समयमा झन् कोरोनाबाट अति प्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि नै कोरोनाविरुद्धको खोप लगाउने भएको यसअघि नै बताएको थियो । करिब एक सातापहिले नै फाइजर बायोएनटेक खोपको बेलायती नियामक निकायले अनुमति दिएको थियो । बेलायती कम्पनीहरूले यो खोप वितरण गरिसकेका छन् र नागरिकले पनि लगाउन थालेका छन् ।

त्यस्तै, फ्रान्समा भने लकडाउन नै रहेको छ । यहाँका नागरिकको माग भए पनि लकडाउन खोल्न सरकार तयार भएको छैन । त्यसैले, यहाँको सरकारले भने यस खोपका बारेमा कुनै निर्णय गरेको छैन । इंग्लयान्ड, वेल्स तथा स्कट्ल्यान्डमा कोरोनाविरुद्धको खोप सुरु भएको जानकारी बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सबै अस्पतालमा राम्रो र उच्च क्षमतामा फ्रिज नहुँदा समस्या हुन सक्ने बताइएको छ । यहाँका मिडियाले करिब आठ लाख डोज खोप बेल्जियमबाट बेलायत पुगेको बताएका छन् । बेलायतमा चाँडै नै यो खोप प्रयोग गर्ने विषयमा विभिन्न प्रश्न उठेको भए पनि बेलायत सरकारले खोप प्रयोग गर्ने नागरिकको सूक्ष्म निरीक्षण गरेर खोप सुरु गर्ने जानकारी गत हप्ता नै दिएको हो ।

विश्व स्वास्थ्य संगठनले भने जसलाई खोप आवश्यक पर्छ, उसलाई मात्रै प्रयोग गर्न भनेको छ । अहिल्यै सबैलाई खोप दिनु जरुरी नभएको उसको भनाइ छ । यो खोपका लागि विश्वका विभिन्न देशले खरिद अनुमति दिएका छन् ।

यो खोप क्यानाडाले ३६ करोड, बेलायतले ३६ करोड इन्डोनेसियाले ३५ करोड, जापानले २९ करोड र ब्राजिलले १९ करोड डोजको भ्याक्सिनका लागि पहिले नै खरिदको अनुमति दिएका छन् ।

संसारभरमा हालसम्म ६ करोडभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये १५ लाखभन्दा बढीको ज्यान गइसकेको छ । यो भाइरसबाट अमेरिकामा मात्रै संक्रमितको संख्या डेढ करोडभन्दा पनि बढी देखिएको छ । यहाँ २ लाख ९० हजारकोे ज्यान गएको छ ।