मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ मङ्सिर २१ आइतबार १४:१५:००
Read Time : < 1 मिनेट
विश्व

बेलायतमा कसले पाउँदै छन् सुरुमा कोभिड– १९ विरुद्धको भ्याक्सिन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर २१ आइतबार १४:१५:००

बेलायत सरकारले आगामी मंगलबारदेखि कोभिडविरुद्धको भ्याक्सिन फाइजर लगाउने गरी सम्पूर्ण तयारी पूरा गरेको छ । विश्वमा नै पहिलोपटक बेलायतले कोभिड–१९ विरुद्धको भ्याक्सिन आपतकालीन अवस्थामा लगाउने गरी अनुमति दिएको थियो । सोहीअनुसार भ्याक्सिन उत्पादकसँग बेलायत सरकारले चार करोड डोज भ्याक्सिन ल्याउने गरी सम्झौता पनि गरेको छ । यो भ्याक्सिन बेलायतका दुई करोड मानिसलाई दिन पुग्छ । बेलायतमा करिब सात करोड मानिस छन् । 

बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले भ्याक्सिन लगाउँदा पहिलो प्राथमिकतामा ८० वर्षभन्दा माथि उमेरका व्यक्ति रहने जनाएको छ । त्यसपछि स्वास्थ्य सेवामा रहेका फ्रन्टलाइनर र केयर होममा रहेका कर्मचारी र बासिन्दालाई खोप दिइनेछ ।  बेलायतले गत बुधबार फाइजरको भ्याक्सिन लगाउने अनुमति दिएको थियो  ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले पनि एक साताभित्रै कोभिड– १९ विरुद्धको भ्याक्सिन लगाउने जनाइएको छ । बेलायतको पत्रिका दी मेलका अनुसार ९४ वर्षीया महारानी र उनका ९९ वर्षीय श्रीमान् फिलिप पनि उमेरका हिसाबले पहिलो प्राथमिकतामा खोप लगाउनेमा पर्छन् ।