१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एजेन्सी
२o८१ बैशाख २४ सोमबार २o:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
फिचर

सेप्टेम्बरयता दैनिक ६ लाखजनामा कोरोना संक्रमण

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:o५:oo

एकातिर कोरोना भाइरस (कोभिड– १९) विरुद्धको भ्याक्सिन परीक्षणको अन्तिम चरणमा छ भने अर्कोतिर संक्रमित संख्या बढ्ने क्रम पनि जारी छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युुएचओ) का अनुसार बुधबारसम्म विश्वभर ६ करोड व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । यसबाट मृत्यु हुनेको संख्या १४ लाख पुगिसकेको छ । डब्ल्युएचओका अनुसार गत सेप्टेम्बरसम्म सरदर दैनिक तीन लाखजना कोरोना भाइरसबाट संक्रमित भइरहेका थिए । अहिले यो दर बढेर दैनिक ६ लाख पुगेको डब्ल्युएचओको तथ्यांक छ । यो तथ्यांकले पनि विश्वमा संक्रमितको दर निरन्तर बढिरहेको देखाउँछ । 

एक वर्षमा के भयो ?
विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरस सुरु भएको एक वर्ष पुगेको छ । गत १७ नोभेम्बरमा यो भाइरस विश्वमा पहिलोपटक देखिएको थियो । १७ नोभेम्बर ०१९ मा चीनको वुहान सहरमा ५५ जना एकैपटक संक्रमित देखिएका थिए । यसको खुलासा चीनको साउथ मर्निङ पोस्टले गरेको थियो । १७ नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म चीनमा पाँच सय ६६ व्यक्ति संक्रमित भएका थिए । 

सन् २०२० को नयाँ वर्षसँगै विश्वको विभिन्न राष्ट्रमा कोरोना भाइरस संक्रमणका घटना देखिन थाले । २३ जनवरीमा चीनले वुहान सहरलाई पूरै लकडाउन ग¥यो । यो सहरमा रहने सबैलाई सरकारले आइसोलेसनमा राख्यो । २१ जनवरीमा अमेरिका, २४ जनवरीमा फ्रान्स, ३० जनवरीमा भारत र ३१ जनवरीमा इटालीमा कोरोनासम्बन्धी पहिलो केस पुष्टि भयो । ३० जनवरीमा डब्ल्युएचओले यसलाई आपतकालीन अवस्थाका रूपमा घोषणा ग¥यो । 

जर्मनी, भियतनाम, अमेरिका तथा जापानमा देखिएका संक्रमितको हिस्ट्री चीनको थिएन । उनीहरूले चीनमा भ्रमण नै गरेका थिएनन् । तर, ती व्यक्तिहरूले वुहानबाट आएका व्यक्तिसँग भेटवार्ता भने गरेका थिए । ११ मार्चमा डब्ल्युएचओले यस भाइरसलाई महामारी घोषणा ग¥यो । 

विश्वमा प्रतिदिन कति संक्रमित 
वल्डोमिटरमा कोभिड– १९ संक्रमित दिनहुँ बढिरहेको देखिन्छ । चार करोड संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् । डब्ल्युएचओको डाटाअनुसार सन् २०२० को जनवरीमा प्रतिदिन दुई हजार संक्रमित थिए । नोभेम्बर ०२० मा आइपुग्दा प्रतिदिन ६ लाख संक्रमित भएका छन् । फेब्रुअरी ०२० मा पाँच दैनिक हजार, मार्चमा ३० हजार, अप्रिलमा ८० हजार, मेमा १.२५ लाख, जुनमा १.९५ लाख, जुलाईमा २.५० लाख, अगस्टमा तीन लाख, सेप्टेम्बरमा ३.५० लाख र अक्टोबरमा ३.५० व्यक्ति प्रतिदिन संक्रमित भएको डब्ल्युएचओले जनाएको छ ।

१८ दिनमै एक करोड संक्रमित
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वमा यति चाँडै र बृहत् रूपमा फैलिन्छ भनेर कसैले पनि अनुमान गरेका थिएनन् । वुहानमा संक्रमण देखिएको दुई सय २३ दिनपछि यो भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड पुगेको थियो । एक करोड व्यक्ति संक्रमित हुन दुई सय २३ दिन लाग्यो । तर, त्यसको ४३ दिनपछि नै संक्रमितको संख्या दुई करोड पार भयो । 

५४ राष्ट्रमा दोस्रो लहर
अहिले चिकित्सक, डब्ल्युएचओ तथा भ्याक्सिनसम्बन्धी अनुसन्धान गरिरहेका विज्ञहरूले तेस्रो लहरको कोरोना भाइरस सुरु हुने धेरै समय नलाग्ने बताइरहेका छन् । पहिलाको तुलनामा दोस्रो लहरमा धेरै संक्रमित भए । अहिले ५४ राष्ट्रमा दोस्रो लहर चलिरहेको छ । यसमा सबैभन्दा बढी प्रभावित हुने राष्ट्र उत्तर र दक्षिण अमेरिका, युरोप र एसियाका केही राष्ट्र छन् । 

डब्ल्युएचओले १७ नोभेम्बरमा सार्वजनिक गरेको एक डाटाअनुसार ९–१५ नोभेम्बरसम्म विश्वमा ४० लाख व्यक्ति संक्रमित भएका थिए । गत सातामा मात्रै यो २२ प्रतिशतले बढेको थियो । यसबीच ६० हजार व्यक्तिले ज्यान गुमाए । डब्ल्युएचओले जाडो मौसम सुरु भइसकेकाले कोरोनाको अवस्था झनै भयावह हुने बताएको छ । 

पोल्यान्ड, रुस, युक्रेन, जर्मनी, स्पेन तथा बेलायतमा दोस्रो लहरको स्थिति सम्हाल्न सरकारलाई गाह्रो परिरहेको छ । एसियाका ११ राष्ट्रमा दोस्रो लहरको कोरोना चलिरहेको छ । इरान, इन्डोनेसिया, भारत र जोर्डनमा दोस्रो लहर कोरोना भाइरसले तीव्रता लिएको छ । यसैगरी दक्षिण अफ्रिकामा मोरक्को, दक्षिण अमेरिकामा ब्राजिल, कोलम्बिया र अर्जेन्टिना पर्छन् । 

अमेरिकामा पहिलो लहर २४ जुलाईमा आउँदा प्रतिदिन ७९ हजार व्यक्ति संक्रमित भएका थिए । २० नोभेबरमा दोस्रो लहर घोषणा हुँदा यहाँ प्रतिदिन दुई लाख ४० हजार व्यक्ति संक्रमित भएका छन् । यसैगरी ब्राजिलमा पहिलो लहर घोषणा हुँदा प्रतिदिन ७० हजार केस देखिएको थियो । रुसमा दोसो लहर चल्दा प्रतिदिन २५ हजार संक्रमित संख्या भएको देखिन्छ । फ्रान्समा भने दोस्रो लहरमा प्रतिदिन ८८ हजार व्यक्ति संक्रमित र पहिलो लहरको निकै पिक समयमा पाँच हजार मात्र संक्रमित भएका थिए ।
 

ad
ad