१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार २१:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडौंमा हावाहुरीको बेग प्रतिघन्टा ७० किलोमिटर, वायु प्रदूषण घट्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार २१:o६:oo

काठमाडौं उपत्यकामा सोमबार साँझ हावाहुरी चलेको छ। झन्डै एक महिनादेखि तुवाँलोले आकाश छोप्दा काठमाडौं गुम्म बनेकामा सोमबार तीव्रगतिमा हावासँगै हल्का वर्षा हुँदा राहत भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार साँझ काठमाडौंमा चलेको हावाहुरीको गति अधिकतम ७० किलोमिटर प्रतिघन्टा रहेको छ। हावा काठमाडौंमा मात्र नभई पोखरा, स्याङ्जा, गुल्मी, नवलपरासी, चितवन क्षेत्रमा पनि चलेको हो।

पश्चिम नेपालबाहेक क्षेत्रमा तीनवटा वायु सक्रिय बन्दा हावाहुरी, चट्याङसँगै हल्कादेखि मध्यम खालको वर्षा भइरहेको हो। यसले तुवाँलो, वायु प्रदूषण र डढेलो घटाउने मौसमविद् कँडेलको भनाइ छ।

काठमाडौंमा एक महिनादेखि वायु प्रदूषणको स्तरमा मानव स्वास्थ्यलाई हानि गर्नेस्तरमा रहेका वेला हावाहुरी चल्दा तुवाँलो केही घट्ने अपेक्षा गरिएको छ। 

तर, सोमबार साँझ हावाहुरी चल्दा उक्त समयमा भने प्रदूषणको मात्रा निकै बढेको थियो। पिएम २.५ माइक्रोनभन्दा मसिना धुलोधुवाँका कण, जुन सीधै नाक मुखबाट श्वासनलीमा गएर रगतमा समेत मिसिन्छ, त्यसको मात्रा शंखपार्कमा ४४८, पुल्चोकमा २६८, भक्तपुरमा २६३ र भैँसेपाटी क्षेत्रमा २१० माइक्रोग्राम प्रतिघन्टा प्रतिघनमिटर पुगेको थियो। 

महाशाखाका अनुसार आगामी २४ घन्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, बाँकी प्रदेशको थोरै स्थानमा पनि हल्का वर्षा हुने देखिन्छ। तर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पश्चिम तराईमा भने तत्काल वर्षाको सम्भावना छैन।

ad
ad