१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ जेठ ६ आइतबार २१:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी ठहर, ३१ वैशाखमा सजाय निर्धारण 

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २१:१५:oo

विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा एकजनालाई दोषी ठहर गर्दै सजाय निर्धारणको पेसी तोकेको छ।

सोमबार विशेषले लागुऔषध कारोबारबाट आर्जन गरेको सम्पत्ति शुद्धीकरण गरेको भन्दै मनीष भनिने दुर्गासिंह तामाङमाथि कसुर कायम गरेको हो। 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। तामाङमाथि २२ दिनअघि मात्र मुद्दा दायर भएको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि र बुझ्नुपर्ने प्रमाण बुझेपछि फैसला भएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत २ गते मुद्दा चलाएको थियो। तामाङमाथि लागुऔषध मुद्दामा अनुसन्धान चलिरहँदा उनको कोठाबाट खैरो हेरोइनका साथै साढे २३ लाख रुपैयाँ नगदसमेत बरामद भएको थियो।

जसपछि लागुऔषध नियन्त्रण ब्युरोले विभागलाई पनि अनुसन्धानका लागि पत्राचार गरेको थियो। विभागले अनुसन्धानका क्रममा गैरकानुनी क्रियाकलापबाट सम्पत्ति आर्जन गरेको दाबीसहित गत २ वैशाखमा मुद्दा चलाएको थियो।

अनुसन्धानका क्रममा तामाङका विभिन्न बैंक खाता, नगदसमेतकाे सम्पत्तिबराबर बिगो कायम भएको थियो। तामाङमाथि ४० लाख सात हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएकोमा ठहर हुने फैसला भएको हो।

ad
ad