१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

गलकोटमा थालियो व्यावसायिक फूलखेती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:o९:oo

बाग्लुङको गलकोट नगरपालिका– ३ मा भने एक वर्ष अघिदेखि व्यावसायिक फूलखेती गरिएको छ । 

यसअघि विभिन्न कार्यक्रम, मेला, महोत्सवमा बाहिरबाट फूल मगाउनुपर्ने बाध्यता भएकोमा यहाँ नै गरिएको व्यावसायिक फूलखेतीका कारण आयात गर्नुपरेको छैन ।

गलकोट नगरपालिका– ३ कार्यालयको सहयोगमा गलकोटलाई फूलमा आत्मनिर्भर बनाउने दीर्घकालीन उद्देश्यका साथ गत वर्ष परीक्षणस्वरूप लगाइएको थियो । परीक्षणस्वरूप लगाइएको फूलले राम्रै उत्पादन दिएपश्चात् यसलाई व्यावसायिक रूपमा नै सञ्चालन गरिएको गलकोट नगरपालिका– ३ का वडाध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए । 

‘गत वर्ष परीक्षणका लागि लगाइएको उत्पादन राम्रो भयो,’ वडाध्यक्ष भण्डारीले भने, ‘स्थानीय गल्कोट फ्लोरिकल्चर एन्ड नर्सरी संस्थाले जग्गा भाडामा लिएर यसको व्यवसाय थालेको हो । यो वर्ष उत्पादन राम्रै भएको थियो । कोरोनाका कारण भने पहिले उत्पादन भएको फूलले बजार पाएन, तिहारको समयमा उत्पादन भएको फूलले बजार पाउँछ भन्ने व्यवसायीले आशा गरेका छन ।’ 

पुष्प (फूल) खेती गर्नकै लागि गत वर्षदेखि पाँच रोपनी जग्गा भाडामा लिएर दुई रोपनीमा फूल खेती गरिएको छ । 

‘भाडा र फुलको बिरुवा गरेर यस वर्ष चार लाख रुपैयाँ लगानी गऱ्याैँ,’ गल्कोट फ्लोरिकल्चर एन्ड नर्सरीका अध्यक्ष मीना श्रेष्ठले भनिन्, ‘मासिक २५ हजार भाडा तिर्छौँ, दुई टनेलमा विभिन्न जातका फूल लगाएका थियौँ । पहिलो चरणको फूल कोरोनाका कारण बजार पठाउन सकिएन, त्यसै ओइलाएर गयो, दोस्रो चरणको फूल तिहारको समयमा बिक्री गर्ने लक्ष्य रहेको छ ।’

श्रेष्ठका अनुसार विगतका वर्षमा तिहार मात्रै नभई दसैँको वेला बाग्लुङ कालिका मन्दिर र अन्य स्थानमा अघिपछि पनि फूलको माग बढ्दो रहेको हुँदा पहिलेलाई लक्षित गरी उत्पादन गरिएको फूल कोरोनाका कारण बोटमै सुकेर गयो । पहिलो चरणको फूल कोरोनाका कारण बजार पठाउन नपाए पनि दोस्रो चरणको फूल राम्रै रहेको र बजार पठाउने तयारी भएको श्रेष्ठ बताउँछिन् ।

ad
ad