१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/सिन्ह्वा
२०७७ कार्तिक १८ मंगलबार १४:४६:००
Read Time : < 1 मिनेट
विश्व

भियना आक्रमणमा पाँचको मृत्यु, १५ गम्भीर घाइते

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
२०७७ कार्तिक १८ मंगलबार १४:४६:००

अष्ट्रियाको राजधानी भियनामा स्थानीय समयअनुसार सोमबार भएका विभिन्न आतंकवादी आक्रमणमा पाँचजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका थिए । विभिन्न स्थानमा भएका आतंककारी हमलामा इस्लामिक समूहको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानपछि भियनाको प्रहरीले ट्विटरमार्फत उल्लेख गरेको छ । 

आतंककारी आक्रमणपछि प्रहरीले गरेको प्रतिरोधका क्रममा कम्तीमा एकजना आक्रमणकारीको मृत्यु भएको छ । आक्रमणकारीले  शरीरमा राखेको ‘आत्मघाती विस्फाेटक पदार्थ’ नक्कली भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले आक्रमणकारीको घरसहित अन्य संगग्न मतियारहरूको आक्रमणका समय खिचिएको भिडियोका आधारमा खोजी गरिरहेको बताएको छ । आक्रमणको विश्वव्यापी रूपमा निन्दा भएको छ ।