मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २१ बिहीबार
  • Thursday, 06 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २१ बिहीबार २o:४८:oo
Read Time : < 1 मिनेट
समाचार

सुनसरी घटनासम्बन्धी छानबिन समितिको म्याद १५ दिन थपियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २१ बिहीबार २o:४८:oo

सुनसरीको देवानगन्जमा भएको साम्प्रदायिक झडप तथा प्रहरीको गोलीबाट सर्वसाधारणको मृत्यु भएको घटनाको छानबिनका लागि गठित समितिको म्याद १५ दिन थप भएको छ । गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिको म्याद बिहीबार थप गरेको हो।  

यसअघि गत ११ साउनमा एक हप्ताको अवधि दिएर समिति गठन भएको थियो। छानबिन नसकिएकाले समितको म्याद १५ दिनलाई थपिएको गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिए। 

छानबिन समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ऊर्जा मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयका अधिकारी सदस्य छन्। प्राविधिक विश्लेषणका लागि नेपाल प्रहरीका फरेन्सिक र ब्यालेस्की विज्ञलाई पनि राखिएको छ । 

संवेदनशील विषय भएकाले सूक्ष्म अनुसन्धानका लागि म्याद थप गरिएको गृहका एक अधिकारीले बताए। समिति घटनाको भोलिपल्टै घटनास्थल पुगेको थियो। बिहीबार फेरि एसएसपी प्रभु ढकाल नेतृत्वको टोली स्थलगत रूपमा गएर सबै पक्षसँग थप विषयमा जानकारी लिएको छ। 

गत १० साउनमा सुनसरीको देवानगन्जमा ठुलो स्वरमा डिजे बजाएको र चोकमा राखिएको धार्मिक झन्डा हटाएको विषयमा दुई समूहबिच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। गोली लागेर तीनजनाको मृत्यु भएको थियो । मधेसका अन्य जिल्लामा पनि प्रदर्शन र झडप हुँदा थप एकले ज्यान गुमाए । सर्वपक्षीय पहलपछि हाल अवस्था सामान्य अवस्थामा फर्किएको छ । घटनाको चुरो पत्ता लगाउन र भावी दिनमा यस्ता घटना हुन नदिन छानबिन समितिलाई कार्यादेश दिइएको छ।