पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आगामी साता स्वेदश फर्कने भएका छन्। उपचारका नाममा विदेश गएको ६ महिनापछि उनी स्वदेश फर्कन लागेका हुन्।
गत १३ फागुनमा उपचारका लागि भन्दै उनी सिंगापुर गएका थिए। पछिल्लो समय हङकङमा बस्दै आएको उनी निकट नेताहरू बताउँछन्।
देउवा २६ गते साँझ स्वदेश फर्कने पक्का भएको नेता प्रकाशशरण महतले बताए।
देउवा पक्ष नेताहरूले राष्ट्रिय भेला आयोजना गर्न लागेका बेला उनी स्वदेश फर्कन लागेका हुन्। २९ गते पार्टीको विशेष महाधिवेशनसँग असहमत पक्षले राष्ट्रिय भेलाको आयोजना गरेको छ।