मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २१ बिहीबार
  • Friday, 07 August, 2026
अमुल थापा काठमाडाैं
२o८३ श्रावण २१ बिहीबार १३:३६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जेन–जी आन्दोलनमा जलेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुनर्निर्माण नहुने (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २१ बिहीबार १३:३६:oo

गत भदौ  २४ गते जेन–जी आन्दोलनमा जलेको बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुनर्निर्माण नहुने  भएको छ। सन्  १९९३ मा चीन सरकारको १६ मिलियन अमेरिकन डलर अनुदान लागतमा  बनेको  उक्त  भवनमा  प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सञ्चालन हुँदै आएको थियो ।

तर, गत भदौ २४ पछि प्रयोगविहीन भएको उक्त भवन निर्माणमा लागि ठुलो रकम खर्चिनुपर्ने भएकाले भवन निर्माण कार्य  अनिश्चित बनेको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिका दीपेन्द्र सिंहले जानकारी दिए । उनले भने, ‘सामान्य पुनर्निर्माणका काम यो समितिले गरे पनि ठुला लागतका योजना सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन महाशाखाले बनाउनेछ । विभागले निर्माणका लागि बजेट छुट्याए–नछुट्याएकोबारे जानकारी छैन ।’