१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १७ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १७ बिहीबार १८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपामा विभागीय प्रमुख हेरफेर, महामन्त्री राणाको जिम्मेवारी खोसियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १७ बिहीबार १८:११:oo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही मनोनयन गरेका छन्। उनले पार्टी महामन्त्री धवलशम्शेर राणालाई संगठन विभागबाट हटाएर वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिएका छन्। 

पछिल्लोपटक अध्यक्ष लिङ्देन र महामन्त्री राणाबिच सम्बन्ध चिसिएको थियो। राणाले आफूविरुद्ध पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको संस्थापन पक्षको बुझाइ थियो। 

संगठन विभाग प्रमुख बनाइएका तामाङ यसअघि राजनीतिक विभाग प्रमुख थिए। अध्यक्ष लिङ्देनले राजनीतिक विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई दिएका छन्। अध्यक्ष लिङ्देनले स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई जिम्मेवारी दिएका छन्। यसअघि प्रधान प्रशिक्षण विभाग प्रमुख थिए। 

अध्यक्ष लिङ्देनले स्थानीय तह परिचालन विभाग प्रमुखको जिम्मेवारीबाट नेतृ रोशन कार्कीलाई हटाएका छन्। लिङ्देनले पार्टीको पर्यटन विभाग प्रमुखमा सहायक महामन्त्री विजय खड्कालाई जिम्मेवारी दिएका छन्। 

पार्टीको विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेले जिम्मेवारी प्राप्त गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।