Skip This
फाइनलमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत २५ आइतबार
  • Wednesday, 17 September, 2025
२o८o चैत २५ आइतबार १५:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

फाइनलमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

कप्तान रोहितकाे सानदार ब्याटिङ, कुशलले विस्फोटक ब्याटिङ गर्दा आसिफले दिए बलियाे साथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २५ आइतबार १५:o४:oo

एसएमएस फ्रेन्डसिप कप २०२४ को फाइनलमा नेपालले गुजरातलाई एक सय ७७ रनको लक्ष्य दिएको छ।

गुजरातको वापीस्थित क्रिकेट खेलमैदानमा जारी त्रिकोणीय टी–२० शृंखलाको फाइनलमा नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७६ रन बनाएको हो।

नेपालको तर्फबाट कप्तान रोहितकुमार पौडेलले ७४ रनको महत्वपूर्ण इनिङ्स खेले। ४७ बल खेलेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे। उनले ३३ बलमै अर्धशतक पूरा गरेका थिए।

यस्तै, नेपालका सबैभन्दा विस्फोटक ब्याटर कुशल मल्लले १३ बलमै ३१ रन प्रहार गरे। उनी अविजित रहे। 

ओपनर आसिफ शेखले ३१ बलमा २९ रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले १९ रन बनाए । दीपेन्द्रसिंह ऐरीले तीन बलमा सात रन बनाएर आउट भए ।

नेपालले २१ को अवस्थामा ओपनर कुशल भुर्तेललाई पहिलो विकेटका रूपमा गुमाएको थियो। त्यसपछि अर्का ओपनर आसिफ शेख र कप्तान रोहितबीच ७७ रनको साझेदारी बन्यो। 

आसिफ आउट भएपछि नेपालले तीव्रगतिमा रन बटुल्यो । रोहित र फोर्थ डाउनमा आएका कुशल मल्लले ३० बलमै ५२ रनको साझेदारी गरे। रोहित टिमको स्कोर एक सय ५० हुँदा आउट हुन पुगे ।