१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
चैतेधान रोप्न विद्युतीय मोटरबाट पानी तान्दै सिराहा लहान नगरपालिका– २३ गाढागाउँका किसान ।
२o८१ बैशाख १८ मंगलबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

लहान नगरपालिकाले तिरिदियो किसानको १४ लाख कृषि विद्युत् महसुल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:oo:oo

सिराहाको लहान नगरपालिकाले नगरक्षेत्रका किसानले खेतीपातीका लागि प्रयोग गरेको कृषि विद्युत् मिटरको १४ लाख रुपैयाँभन्दा बढी महसुल तिरिदिएको छ । नगरपालिका परिसरमा शनिबार नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितर महतोले संयुक्त रूपमा नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका लेखा प्रमुख जितेन्द्र झालाई किसानले तिर्नुपर्ने कृषि विद्युत्को १४ लाख आठ हजार ४७ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

नगरप्रमुख चौधरीले नगरका १ देखि २४ वटै वडाका किसानहरूलाई कृषि उत्पादनमा प्रोत्साहित गर्न कृषि विद्युत्को महसुल नगरले तिरिदिएको बताए । ‘खेतीपातीका वेला वर्षा नहुँदा किसान हुकिङमार्फत विद्युतीय मोटर प्रयोग गरी खेती गर्न बाध्य थिए,’ उनले भने ‘किसानहरूलाई कम्तीमा विद्युतीय मोटरमार्फत गरिने सिँचाइमा सहुलियत दिँदा कृषि उत्पादन बढाउन किसानले पनि थप मिहिनेत गर्ने भएकाले नगर क्षेत्रका एक हजार दुई सय ३४ किसानको कृषि विद्युत्को महसुल तिरिदिएका हौँ ।’

यसपटक आव ०७९/८० मा नगर क्षेत्रका किसानले उपभोग गरेको कृषि विद्युत् मिटरको महसुल तिरिएको जानकारी दिँदै उनले आव ०८०/८१ का लागि समेत उक्त सुविधा राखिएकाले चैतको तेस्रो हप्तासम्म करिब साढे सात सयजना किसानले आफूले उपभोग गरेको कृषि विद्युत् मिटरको महसुलका लागि नगरको कृषि विकास शाखामा आवेदन दिएको कृषि विकास संयोेजकसमेत रहेका लहान– १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले बताए ।

लेखाप्रमुख झाका अनुसार लहान वितरण केन्द्रअन्तर्गत पर्ने बरियारपट्टी गाउँपालिका र धनगढीमाई नगरपालिकाले पनि किसानले उपभोग गरेको कृषि विद्युत् मिटरको महसुल बुझाएका छन् । सिराहा वितरण केन्द्रअन्तर्गत पर्ने औरही गाउँपालिकाले पनि किसानको कृषि विद्युत् महसुल बुझाएको जनाइएको छ । 

ad
ad