१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
रासस तेल अविव
२o८१ जेठ ८ मंगलबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

तेल अभिवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

Read Time : < 1 मिनेट
रासस, तेल अविव
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १६:२o:oo

मुलुक प्रचण्ड गर्मीले तातेका वेला इजरायल मौसम विज्ञान सेवा (आइएमएस)ले ग्रेटर मेट्रोपोलिटन क्षेत्रमा ८५ वर्षमा रेकर्ड गरिएको वर्षहरूमा बिहीबार अप्रिलको सबैभन्दा तातो दिन भएको बताएको छ।

आइएमएसले बिहीबार दिउँसो ४०.७ डिग्री सेल्सियस मापन गरेको छ। यो सन् १९३९ मा मापन गरिएको ४०.४ डिग्री सेल्सियसभन्दा धेरै तातो थियो । नित्जन समुदायमा पनि यस्तै प्रकारको कीर्तिमान तोडिएको आइएमएसले बताएको छ।

मौसमका बाबजुद इजरायलीहरू पासओभर पर्वका लागि एक साताको बिदाको आनन्द लिँदै मुलुकका पार्कमा निक्लेका छन् । प्रकृति तथा पार्क प्राधिकरणले दिउँसोसम्म ५५ हजार मानिस पार्क तथा प्राकृतिक आरक्षमा प्रवेश गरिसकेको बताएको छ । प्राधिकरणले बाहिरबाट आउनेहरूलाई पर्याप्त मात्रामा पानी र सनस्क्रिन ल्याउन आग्रह गरेको छ । इजराइली तटका सबै समुद्री तटमा पनि मानिसको खचाखच थियो ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले जनता विशेषगरी वृद्ध, रोगी तथा दीर्घकालीन रोग लागेकाहरूलाई घाममा ननिस्कन र अनावश्यक शारीरिक परिश्रम नगर्न आग्रह गरेको छ।

ad
ad