१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्री शर्मा प्रचण्डको निर्देशनविपरीत विश्वासको मत लिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:४८:oo

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत आज विश्वासको मत लिने भएका छन् । केन्द्रमा रहेका सत्तागठबन्धनका नेताहरूबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भए पनि कर्णालीका मुख्यमन्त्रीले त्यसविपरीत आज विश्वासको मत लिने भएका हुन् । 

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए । तर, त्यसविपरीत मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने बताएका छन् । 

अध्यक्ष कमरेडले मुख्यमन्त्रीज्यूलाई फोन गरेर एमालेलाई नेतृत्व छाड्न भन्नुभएको र अहिले संवैधानिक व्यवस्थाअनुसार संसदमा विश्वास मतका लागि पत्र दर्ता भएकाले विश्वासको मत लिने सरकारका प्रवक्ता, एवं कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । ‘मुख्यमन्त्रीज्यूले पनि केन्द्रबाट गलत समय र तरिकाको निर्णय आएकाले विश्वासको मत लिने जवाफ दिनुभएको छ,’ उनले भने, ‘मुख्यमन्त्री शर्माले मंगलबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ, त्यही आधारमा अघि बढ्छ ।’

४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।
 

ad
ad