१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दिल्लीका कप्तान रिषभलाई १२ लाख भारु जरिवाना

चेन्नईविरुद्ध निर्धारित समयमा २० ओभर बलिङ गर्न नसकेपछि दिल्लीका कप्तान रिषभ पन्तलाई कारबाहीस्वरूप भयो जरिवाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:२१:oo

इन्डियन प्रिमियर लिग (आइपिएल)ले दिल्ली क्यापिटल्सका कप्तान रिषभ पन्तलाई १२ लाख भारु जरिवाना तिराएको छ । १७औँ आइपिएलको आइतबार राति भएको चेन्नई सुपर किंग्सविरुद्ध दिल्लीले स्लोभ ओभर फ्याँकेको थियो । टोलीले निर्धारित समयमा २० ओभर बलिङ गर्न नसकेपछि दिल्लीका कप्तान पन्तलाई कारबाहीस्वरूप जरिवाना गराएको आइपिएलले जनाएको छ । 

दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित दर्ता गरेको थियो । चेन्नईले सिजनमा पहिलो हारको सामना गरेको छ । यस सिजनमा स्लो ओभर गर्ने टोली दिल्ली दोस्रो हो । आइपिएलको कोड अफ कन्डक्टमा नियमविपरीत जानेलाई न्यूनतम १२ लाख भारु जरिवाना राखेको छ । यसअघि चेन्नईविरुद्धकै खेलमा गुजरात टाइटन्सले स्लो ओभर गरेका कारण नै कप्तान सुभमन गिललाई पनि १२ लाख भारु जरिवाना तिराएको थियो । सो खेलमा चेन्नईले गुजरातलाई ६३ रनले हराएको थियो । 

धोनीले बनाए रेकर्ड 
चेन्नईका पूर्वकप्तान महेन्द्रसिंह धोनीले टी–२० फम्र्याटमा तीन सय खेलाडीलाई विकेट पछाडिबाट आउट पारेको रेकर्ड बनाएका छन् । दिल्लीविरुद्धको प्रतिस्पर्धामा उनले एक क्याच लिएका थिए । उनले तीन सय ६७ इनिङ्समा यो रेकर्ड राखेका हुन् । टी–२० फम्र्याटमा पाकिस्तानका कमरान अकमल दोस्रो स्थानमा छन् । उनले दुई सय ८१ इनिङ्समा दुई सय ७४ खेलाडीलाई आउट गरेका छन् । भारतकै दिनेश कार्तिकले तीन सय २५ इनिङ्समा दुई सय ७४ खेलाडीलाई विकेट पछाडिबाट आउट पारे । शीर्ष चारमा दक्षिण अफ्रिकाका क्विन्टन डिकक छन् । उनले दुई सय ९० खेलमा दुई सय ७० खेलाडीलाई आउट पारे । 

वानरको ६२औँ अर्धशतक
आइपिएलमा दिल्लीका पूर्वकप्तान डेभिड वानरले ६२औँ अर्धशतक बनाएका छन् । साथै, आइपिएलमा ६ हजार ५ सय रन पूरा गर्ने उनी पहिलो विदेशी खेलाडी बनेका छन् । वार्नरले समग्रमा टी–२० खेलमा एक सय १० पटक अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले वेस्ट इन्डिजका क्रिस गेलको नाममा रहेको रेकर्ड बराबरी गरे । आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहलीको नाममा ५२ अर्धशतक इनिङ्स रहेका छन् । विराटले समग्रमा एक सय एक अर्धशतक बनाएका छन् । 

ad
ad