१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
सौरभ यादव काठमाडाैं
२०८० चैत ७ बुधबार १६:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ऐनविपरीत नियुक्त भएका प्रतिष्ठानका अध्यक्षले दिए राजीनामा

Read Time : < 1 मिनेट
सौरभ यादव, काठमाडाैं
२०८० चैत ७ बुधबार १६:२०:००

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षबाट डा. पर्शुराम मिश्रले राजीनामा दिएका छन्। मिश्रले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई राजीनामा बुझाएका हुन्। 

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश २०८० विपरीत प्रा. डा‍. पर्शुराम मिश्रलाई अध्यक्षमा नियुक्ति गरेको थियो। ऐनविपरीत उमेर हद नाघेका व्यक्तिलाई नियुक्ति गरेपछि मिश्र विवादमा परेका थिए। 

मन्त्रिपरिषद्को गत २५ माघको बैठकले महोत्तरीको मनरा सिसवा– १० घर भएका प्रा.डा. मिश्रलाई रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।

गठन आदेशमा नेपाली नागरिक, ३५ वर्ष उमेर पुगेको, ६५ वर्ष उमेर व्यक्तिलाई पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा नियुक्त गर्ने व्यवस्था छ। तर, मिश्रको नागरिकताअनुसार उमेर ६७ वर्ष पार गरिसकेको छ।