१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
२o८o मङ्सिर १४ बिहीबार १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै युवाहरू धर्नामा

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार १६:५६:oo

सप्तरी युथ नेपालले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अविलम्ब सञ्चालन गर्न माग गर्दै धर्ना दिएको छ।

गत आइतबारबाट थालेको आन्दोलनको पाँचौँ दिन बिहीबार युवाहरूले निर्धारित कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालयअगाडि एक घन्टा धर्ना दिएका हुन्।

०७५ सालमा मन्त्रिपरिषद् बैठकले राजविराज नगरपालिका– १० बिरौलमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो। २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। यद्यपि, अहिलेसम्म डिपिआर निर्माणबाहेक अन्य काम भएको छैन।

लामो समयदेखि प्रतिष्ठान निर्माणको काम अलपत्र रहेको भन्दै त्यसलाई शीघ्र सञ्चालनमा ल्याउन स्थानीयले निरन्तर आवाज उठाइरहेका छन्। गत शनिबार बैठक बसी सप्तरी युथ नेपालको अगुवाइमा सप्तरीका युवाहरूले आन्दोलन थालेका छन्। पहिलो चरणमा उनीहरूले एकहप्ते आन्दोलन गरेका छन्।

१५ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा दुई घन्टा धर्ना दिने कार्यक्रम रहेको सप्तरी युथले जनाएको छ। एकहप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए दोस्रो चरणको आन्दोलन गर्ने युवाहरूले चेतावनी दिएका छन्।