१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका सौरभ यादव
२o८१ जेठ २ बुधबार १२:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउँछाैँ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सौरभ यादव
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:२५:oo

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणकार्य अघि बढेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

बिहीबार बालुवाटारमा प्रतिष्ठान निर्माणका लागि सप्तरीका युवाले संकलन गरेकाे १० हजार हस्ताक्षर बुझ्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानमा रिक्त पदाधिकारी नियुक्तिलगायतको काम अघि बढेको बताएका हुन्।

‘एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने नीतिअनुसार १६ पुस ०७५ मा मन्त्रिपरिषद्को बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो।

यसका लागि २१ जेठ ०७८ मा मन्त्रिपरिषद्ले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका– १० बिरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो।

जग्गाको टुंगो लागेपछि त्यही जग्गामा २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। तर, शिलान्यासको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि निर्माण कार्य सञ्चालन हुन सकेको छैन।

विगत एक महिनादेखि प्रतिष्ठान निर्माणको काम सञ्चालनको माग गर्दै  सप्तरी युथ नेपालले सत्येन्द्र यादवको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरी सडकमा उत्रेर निरन्तर विभिन्न स्वरूपमा आन्दोलन गर्दै आइरहेका छन्।

ad
ad