१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० चैत २ शुक्रबार ०८:४२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आकासे पुलमा १५ करोडको हरियो रङ पोत्दै महानगर

Read Time : < 1 मिनेट
२०८० चैत २ शुक्रबार ०८:४२:००

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका आकासे पुलमा हरियो रङ पोत्न थालेको छ । महानगरलाई ‘ब्युटिफिकेसन’ गर्न भन्दै ती आकासे पुलमा हरियो रङ पोत्न थालिएको हो ।आकासे पुलमा हरियो रङ पोत्नुका साथै गमला राखेर फूलैफूलको सहर बनाउन लागेको जनाएको छ ।

‘महानगरमा प्रवेश गर्नेबित्तिकै हरियाली, आनन्द महसुस गराउन आकासे पुलमा हरियो रङ लगाएका हौँ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘चालू आर्थिक वर्षभित्रै महानगरभित्रका आकासे पुलमा हरियो रङ पोत्ने, फलामको छडमा विभिन्न किसिमका फूल रोप्ने काम सक्छौँ ।’ बालाजुको आकासे पुलबाट काम थालेको महानगरले अहिले रत्नपार्कको आकासे पुलमा काम गरिरहेको छ । आकासे पुलसँगै सार्वजनिक स्थानका पर्खालमा समेत हरियो रङ पोत्ने भएको छ । यसलाई महानगर ब्युटिफिकेसन नाम दिइएको छ । 

चालू आर्थिक वर्षभित्रै सक्ने गरी काम गरिरहेको महानगरले यसका लागि १५ करोड खर्च गर्ने भएको छ । महानगरले गौरवका योजनाअन्तर्गत मेरो रहर, सुन्दर र हरित सहर शीर्षकमा हरियाली प्रवद्र्धनका लागि, पुलहरूमा हरियाली तथा सजावट कार्यका लागि बजेट छुट्याएको थियो । सर्वसाधारणले महानगरभित्र पसेको अनुभव गर्न सकून भनेर यो काम थालेको प्रवक्ता मानन्धरको भनाइ छ ।