१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १८:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

दुवाथलनमा नेपालको वर्चश्व : पुरुषतर्फ टमाटा र महिलातर्फ खड्कालाई उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:२९:oo

पुरुषतर्फ नेपालका हिमाल टमाटा र महिलातर्फ नेपालकै मञ्जुकुमारी खड्काले ‘एसियन ट्रायथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप २०२४’ अन्तर्गत दुवाथलन (खुलातर्फ)को उपाधि हात पारेका छन्।

नेपाल ट्रायथलन संघको आयोजनमा आइतबार पोखरामा सम्पन्न प्रतियोगिताको निर्धारित ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र २.५ किलोमिटर दौडको दूरी ५१ मिनेट २४ सेकेन्डमा पार गदै पुरुषतर्फ टमाटा र १ घण्टा १९ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गर्दै महिलातर्फ खड्काले उपाधि जितेका हुन्।

टमाटा गत वर्षका उपविजेता हुन्। गत वर्ष उनले निर्धारित दूरी ५९ मिनेट ४७ सेकेन्डमा पूरा गरेका थिए। 

पुरुषतर्फ नेपालका नवराज न्यौपाने उपविजेता हुँदा १ घण्टा ३ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरे। नेपालका लक्ष्मण मल्लले १ घण्टा ४ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो, १ घण्टा ६ मिनेट ५१ सेकेन्डमा दूरी पूरा गर्दैै नेपालकै रमेश लिम्बू चौथो र १ घण्टा ७ मिनेटमा दूरी पूरा गर्दै नेपालकै सुरेश भुजेलले पाँचौँ स्थान हात पारे।
त्यसैगरी, महिलातर्फ १ घण्टा २३ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै नेपालकी पुष्पा रोकाया दोस्रो र १ घण्टा २८ मिनेट ३३ सेकेन्डमा दूरी पूरा गर्दै नेपालकै प्रमिला धमलाले तेस्रो स्थान हात पारे।

प्रतिस्पर्धीहरूले फेवातालमा पौडीसँगै साइक्लिङ गरेका थिए भने दौड गौरीघाटबाट सुरु गरेर सहिदचोक, मुस्ताङचोक, बिरौटाचोक, ड्यामसाइड, राष्ट्र बैंकचोक हुँदै पुनः गौरीघाटमा आएर सम्पन्न गरेका थिए।

यसअघि प्रतियोगिताअन्तर्गत शनिबार एसियन ट्राइयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिपका खेलहरू सम्पन्न भएका थिए। इजिप्टका सिफिल्दिन स्माइल र इजरायलकी इड्डा हान्निसदोतिरले शनिबार सम्पन्न एसियन ट्रायथलन कप २०२४ अन्तर्गत क्रमशः पुरुष र महिलातर्फको उपाधि हात पारेका थिए।

प्रतियोगितामा नेपालसँगै अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्युजिल्यान्ड, लक्जेम्बर्ग, जापान, भारत, मरिसस, काजकिस्तान, बंगलादेश र उज्वेकिस्तानका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।

ad
ad