१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बझाङमा एमालेका भण्डारीलाई ५ सय बढी मतको अग्रता, माओवादीका बुढा दोस्रोमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:३७:oo

बझाङ प्रदेश सभा (१)को उपनिर्वाचनमा एमाले उम्मेदवार दमन भण्डारीले आफ्नो गृह पालिकाबाट ५३१ मतले अग्रता कायम गरेका छन्।

भण्डारी छबीसपाथिभेरा गाउँपालिका– १ का बासिन्दा हुन्। उनले आफ्नो पालिकाबाट १,८०५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी माओवादीका जनक बुढा १२७४ मतका साथ दोस्रो स्थानमा छन्।

कांग्रेस उम्मेदवार अभिषेक सिंह १२२८ मतसहित तेस्रोमा झरेका छन्। गत वर्ष यो क्षेत्रमा कांग्रेसबाट विजयी भएका पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो। अभिषेक मृतक सिंहका छोरा हुन्।

ad
ad