Skip This
काठमाडौंका आकासे पुलमा लिफ्ट जडान गरिँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २७ बिहीबार o९:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौंका आकासे पुलमा लिफ्ट जडान गरिँदै

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o९:५१:oo

पहिलो चरणमा पुरानो बसपार्क, नयाँ बानेश्वर र चाबहिलमा लिफ्ट राखिने

पुरानो बसपार्कस्थित आकासे पुलमा अब लिफ्ट जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कसहित तीनवटा आकासे पुलमा चालू आर्थिक वर्षमै लिफ्ट जडान गर्ने भएको हो ।

महानगरअन्तर्गत प्रहरी बलको ट्राफिक तथा यातायात इकाइविज्ञ जगतमान श्रेष्ठका अनुसार लिफ्ट जडानका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउने काम भइरहेको छ । ‘ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिलाई मध्यनजर गर्दै आकासे पुलमा लिफ्ट जडान गर्ने योजना सुरु गर्न लागेका हौँ,’ श्रेष्ठले भने, ‘यसको सुरुवात बसपार्कको आकासे पुलबाट हुँदै छ ।’

महानगरका अनुसार आकासे पुलमा एक्सेलेटलर कि लिफ्ट भन्ने विषयमा छलफल हुँदा लिफ्ट नै उपयुक्त र सहज हुने ठहरसहित जडान गर्न लागिएको हो । महानगरका अनुसार आकासे पुललाई पूर्ण रूपमा पैदलयात्री मैत्री बनाउन योजना सुरु गर्न लागिएको हो । पुरानो बसपार्कबाट सुरु हुने लिफ्ट जडान क्रमशः नयाँ बानेश्वर र चाबहिल हुँदै अन्य आकासे पुलमा समेत राखिनेछ । 

२० देखि ३० जना लिफ्टमा चढ्न सक्ने 
महानगरले राख्ने लिफ्ट अन्य ठाउँमा प्रयोग हुनेजस्तै पारदर्शी हुनेछ भने लिफ्टमा सिसिटिभी क्यामरासमेत जडान हुनेछ । लिफ्टबाट एकपटकमा २० देखि ३० जना मानिस चढ्न सक्नेछन् । लिफ्ट सञ्चालनका लागि सुरुमा महानगरले महानगर प्रहरी बल खटाउनेछ । महानगरका अनुसार तीनवटा आकासे पुलको डिपिआर निर्माण र बाँकीमा सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) भइरहेको छ ।

यी दुई काम सकिनेबित्तिकै लिफ्ट निर्माण सुरु हुनेछ । श्रेष्ठका अनुसार तीनै ठाउँमा लिफ्ट निर्माण चालू आर्थिक वर्षभित्रै सकिनेछ । ‘चालू आर्थिक वर्षभित्र तीनवटा लिफ्ट जडान गर्ने योजनाका साथ काम गरिरहेका छौँ । ती लिफ्ट प्रयोगपछि सेवाग्राहीबाट आउने प्रतिक्रिया, यात्रुको चापलाई हेरेर अन्य आकासे पुलमा पनि लिफ्ट राख्नेछौँ,’ ट्राफिक तथा यातायात इकाइविज्ञ श्रेष्ठले भने ।

पाँच करोड विनियोजन 
पुलमा लिफ्ट जडान गर्नका लागि काठमाडौं महानगरले चालू आवको बजेटमा पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । पाँच करोडमध्ये चार करोडको लिफ्ट निर्माण हुने र बाँकी एक करोडको सजावटका लागि प्रयोग हुनेछ । आकासे पुलमा लिफ्ट जडान गर्ने तयारी गरिरहे पनि कतिपय चोकमा महानगरले निर्माण सुरु गरेका आकासे पुल भने अलपत्र अवस्थामा छन् ।

महानगरले चाबहिल, माइतीघर, टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगन्ज, कोटेश्वर, गौशाला चोकलगायत ठाउँमा आकासे पुल बनाउन आर्थिक वर्ष ०७५/७६ को बजेटमै १२ करोड विनियोजन गरेको थियो । 

ad
ad