१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वन्यजन्तु तस्कर कुन्जोक सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:o५:oo

वन्यजन्तु तस्कर कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले तामाङलाई दोषी ठहर गरेको हो।

तामाङले सात करोड १४ लाख ७३ हजार ३८२ रुपैयाँ खर्च गरेको देखिए पनि ६ करोड ४७ लाख ७ हजार ९९४ रुपैयाँको मात्रै वैध स्रोत खुलेको छ। उनले ६७ लाख ६५ हजार ३८८ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको विशेषको ठहर छ।

तामाङलाई सजाय तोक्नका लागि वैशाख २७ गतेको पेसी तोकिएको छ। 

यसअघि जिल्ला अदालत रसुवाले उनलाई वन्यजन्तुसम्बन्धी अपराधमा दोषी ठहर गर्दै सात वर्ष कैद सजाय सुनाएको छ।
 

ad
ad