१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
शनिबार मापन भएको अधिकतम तापक्रमका आधारमा बनाइएको नक्सा।
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार २o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तराईका पाँच क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, काठमाडौंमा ३३.३

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:o१:oo

तराईमा लगातार तापक्रम उकालो लागिरहेको छ। डेढ सातादेखि अधिकतम र न्यूनतम दुवै तापक्रम बढ्दा तराईमा तातो हावा र तातो लहर चलिरहेको छ। जसकारण जनजीवन प्रभावित बनेको छ। 

आइतबार तराईका पाँच क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा माथि मापन भएको छ। स्वचालित स्टेसनबाहेक मुख्य २० वटा स्टेसन (मुख्य सहर र क्षेत्र) को तथ्यांक हेर्दा आइतबार पनि सबैभन्दा बढी तापक्रम भैरहवामा ४२.८२ डिग्रीसेल्सियस मापन भएको छ। त्यहाँ शनिबार पनि ४२.२ नै मापन भएको थियो।

आइतबार धरानमा ४०, विराटनगरमा ४०.२, सिमरामा ४०.३ र जनकपुरमा ४१.४ डिग्री सेल्सियस मापन भएको छ। धनगढी र नेपालगन्जको तापक्रम ४० नपुगे पनि गर्मी भने उच्च छ। आइतबार धनगढीमा ३९ र नेपालगन्जमा ३९.४ डिग्री सेल्यिस मापन भएको थियो।

महाशाखाले शनिबार मात्र विशेष बुलेटिन जारी गर्दै कम्तीमा २० वैशाखसम्म तराईमा तातो हावा चल्ने चेतावनी दिएको थियो। 

काठमाडौंमा शनिबारभन्दा आइतबार उच्च तापक्रम काठमाडौंमा शनिबारभन्दा आइतबार अधिकतम तापक्रम बढी मापन भएको छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मापन केन्द्रमा अधिकतम ३३.३ र न्यूनतम १६ डिग्री सेल्यिसमा मापन भएको छ। शनिबार भने यहाँको तापक्रम ३२.७ डिग्री सेल्सियस थियो।

आइतबार दिपायल र सुर्खेत (वीरेन्द्रनगर)मा समान ३७.२, घोराहीमा ३९.४ र पोखरामा ३४.४ डिग्री सेल्यिस मापन भएको छ।
                                         

ad
ad