१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ललितपुर महानगरमा लिफ्टसहितको अपांगतामैत्री आकासे पुल निर्माण सुरु

एक वर्षभित्र निर्माण सम्पन्न हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:४५:oo

ललितपुर महानगरले कुसुन्तीस्थित चक्रपथमा अपांगतामैत्री आकासे पुल निर्माण कार्य सुरु गरेको छ। सोमबार लिफ्टसहितको अपांगतामैत्री आकासे पुलको महानगर प्रमुख चिरिबाबु महर्जनले शिलान्यास गरे।

सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो। आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरले यो ठाउँमा पुल निर्माणका लागि अनुमति मागेको थियो।

पुल शिलान्यास कार्यक्रममा महानगर प्रमुख महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताए। ललितपुर महानगरको वडा नं. १३ मा निर्माण हुन लागेको यो पुलको निर्माण अवधि एक वर्ष रहेको छ।

वडा नं. १३ का वडाध्यक्ष गणेश केसीले सडक विभागबाट पुल निर्माणका लागि अनुमति लिन चार वर्षभन्दा धेरै समय लागेको बताए। ढिलै भए पनि अनुमति दिएकोमा विभागलाई उनले धन्यवाद दिए।

आयोजना प्रमुख इन्जिनियर प्रदीप पौडेलका अनुसार आयोजना निर्माणका लागि ठेकेदार कम्पनी लामा प्रगति–मनि बुद्ध जेभी, काभ्रेपलाञ्चोकसँग चार करोड ६८ लाख नौ हजार पाँच सय ६१ रुपैयाँमा सम्झौता भएको छ।

ad
ad