१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० फाल्गुण ६ आइतबार १५:३८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अभ्दाइभ्कालाई पूर्ण नियन्त्रणमा लिएको रुसको दाबी

Read Time : < 1 मिनेट
२०८० फाल्गुण ६ आइतबार १५:३८:००

रुसी सेनाले डोनेट्स्कनजिकैको अभ्दाइभ्का सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको छ । रक्षा मन्त्रालयले आफ्नो टेलिग्राम च्यानलमा अभ्दाइभ्का सहरलाई पूर्ण रूपमा नियन्त्रणमा आएको घोषणा गरेको छ । 

लेफ्टिनेन्ट जनरल एन्ड्रे मोर्डविचेभको नेतृत्वमा केन्द्रीय समूहका सैनिकहरूले अभ्दाइभ्का सहरलाई नियन्त्रणमा लिएको रुसी रक्षामन्त्री सर्गेई साेइगुले क्रेमलिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराए । 

रुसी सेनाले युक्रेनी सेनाबाट ३१.७५ वर्गकिलोमिटर क्षेत्र आफ्नो नियन्त्रणमा लिएको र पछिल्लो २४ घण्टामा अभ्दाइभ्का सहरलाई नियन्त्रणमा लिएको लडाइँमा एक हजार पाँच सयभन्दा बढी सैनिक युक्रेनले गुमाएको मन्त्रालयले दाबी गरेको छ । 

दुई दिन पहिले युक्रेनले अभ्दाइभ्कामा ठूलो क्षति हुने देखिएपछि आफ्नो सेना सीमाबाट केही पछि हटेको बताएको थियो ।  (रासस/एएफपी)