१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:४७:oo

 तीन वर्षदेखि पोखरामा हुँदै आएको नेपाल लिटरेचर फेस्टिभललाई सहयोग गर्दै आएको नेपाल डिस्टिलरीले फ्रेन्ड्स अफ फेस्टिभल नामक सांगीतिक कार्यक्रम गर्ने भएको छ । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलेब्रिटी र राजनीतिक व्यक्तित्वहरूलाई सन् २०१६ देखि पोखरामा भेला गराई समसामयिक विषयवस्तुमा अन्तत्र्रिmया र अन्तर्संवाद गर्दै आएको कम्पनीले जनाएको छ । साथै, प्रत्येक दिनको अन्तिम सत्रमा विभिन्न कलाकारका साथ सांगीतिक प्रस्तुति राख्दै आएको कम्पनीको भनाइ छ ।

संगीतमा जुनसुकै उमेर, जाति, राष्ट्रियता वा स्वभावका श्रोतालाई भावनात्मक रूपमा उत्प्रेरित गर्ने शक्ति हुनुका साथै जटिल भावनाहरू अभिव्यक्त गरी मानिसलाई तरंगित बनाउने सामथ्र्य राख्ने निष्कर्षसहित सांगीतिक कार्यक्रम गर्न लागेको कम्पनीको भनाइ छ । यिनै विषयलाई अनुभूत गर्दै यस वर्षदेखि संस्थागत रूपमै फ्रेन्ड्स अफ फेस्टिभल समुदायको सुरुवात गर्न लागेको जनाइएको छ । 

फेवा–किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकरी फ्रेन्ड्स अफ फेस्टिभलको पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुुम्ब ब्यान्ड, तेस्रो दिन प्राडा धु्रवेशचन्द्र रेग्मी तथा उनको समूह र द ब्लु फ्रेड ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुति रहने जनाइएको छ । 

ad
ad