मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ १९ शुक्रबार
  • Friday, 14 August, 2026
तस्बिर : इपिए
रासस गाजा
२o८o माघ १९ शुक्रबार १६:५३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायली सेनाद्वारा गाजा कारबाहीमा गिरफ्तार ११४ प्यालेस्टिनी रिहा

Read Time : < 1 मिनेट
रासस, गाजा
नयाँ पत्रिका
२o८o माघ १९ शुक्रबार १६:५३:oo

प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका एक सय १४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजापट्टीको केरेम शालोम सीमाबाट रिहा गरेको इजरायली सेनाले जनाएको छ।

गाजाको सीमा सुरक्षा अधिकारीका प्यालेस्टिनी सुरक्षा स्रोतले सिन्ह्वालाई बताएअनुसार रिहा गरिएका केही प्यालेस्टिनीको स्वास्थ्य अवस्था बिग्रँदै गएको कारण राफाह सहरको नज्जर अस्पतालमा लगिएको छ।

‘युरो–मेड ह्युमन राइट्स मोनिटर’का अनुसार गाजापट्टीमा आफ्नो स्थल अभियानको क्रममा इजरायली सेनाले सयौँ प्यालेस्टिनीलाई पक्राउ गरी अज्ञात स्थानहरूमा राख्दै आएको थियो।

अस्पतालमा सिन्ह्वाका प्रतिनिधिले भेटेका केही कैदीलाई नजरबन्दको क्रममा कुटपिट, अपमान र यातना दिइएको बताएका छन्। तर, उनीहको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि भने गर्न सकिएको छैन।