१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सावित्राले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:४६:oo

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने पक्का भएको छ । फ्रान्सेली शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेङगाम्पले सावित्रालाई एक वर्षको सम्झौता गरेको हो । क्लबले एक भिडियो सन्देशसहित सावित्रालाई अनुबन्ध गरेको पुष्टि गरेको छ । 

यसै साता क्लबसँग सम्झौता गर्न सावित्रा फ्रान्स पुगेकी थिइन् । उनी फ्रान्सको लिग खेल्ने पहिलो नेपाली फुटबलर हुन् । उनी दक्षिण एसियाको प्रतिनिधित्व गर्दै फ्रान्सको लिग खेल्ने पहिलो महिला खेलाडी बनिन् । 

सावित्रा अनुबन्ध भएको अन आभान्ट ग्वेङगाम्प १२ खेलमा आठ अंक जोड्दै तालिकाको १०औँ स्थानमा छ । रेलिगेसनबाट टोलीलाई जोगाउनु नै सावित्राका लागि चुनौती  हुनेछ । लिगमा अब अन आभान्ट ग्वेङगाम्पले १० खेल खेल्न बाँकी छ । 

सावित्रा गत वर्ष मात्र युरोपको शीर्ष डिभिजन खेल्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । एक वर्षको अन्तरालमा उनको दोस्रो सफलता हो । सावित्राले इजरायली क्लब हापोयल रानानाबाट घरेलु लिग खेलेकी थिइन् । इजरायलले युरोपेली फुटबलको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने गरेको छ । 

सावित्राले अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक ४३ गोल गरिसकेकी छिन् । घरेलु लिगमा एपिएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा तेस्रोपटक उपाधि उचालिसकेकी छिन् । भारतीय लिगमा उच्च प्रदर्शनसँगै सावित्रालाई युरोपमा खेल्ने ढोका खुलेको थियो ।

ad
ad