मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ १६ मंगलबार
  • Thursday, 13 August, 2026
२o८o माघ १६ मंगलबार २o:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

छैटौँ मकवानपुर गोल्डकप : बागमती युवा क्लब सर्लाहीको विजयी सुरुवात 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १६ मंगलबार २o:१९:oo

हेटौँडामा मंगलबारबाट सुरु भएको छैटौँ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लब सर्लाहीले विजयी सुरुवात गरेको छ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटनमा खेलमा भुटानको पारो एफसीलाई ३–१ ले हराउँदै बागमतीले विजयी सुरुवात गरेको हो।

बागमतीको जितमा राजन भुसालले दुई तथा श्रीजन गौतमले एक गोल गरे। यस्तै, पारो एफसीका तर्फबाट सेरब दोर्जीले एक गोल फर्काए। खेलको ‘म्यान अफ द म्याच’ दुई गोल गरेका राजन भुसाल भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत बुधबार हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुने आयोजकले जनाएको छ। २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यस वर्ष पनि १२ टिमको सहभागिता रहेको छ। 

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्नेछन्। 

प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। यस्तै, हरेक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको एक औपचारिक कार्यक्रमका बीच हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन्।