१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o६:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

२३औँ आहा रारा गोल्डकप : आयोजकलाई हराउँदै थ्री स्टार अन्तिम आठमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:१o:oo

थ्री स्टार क्लब २३औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारले मंगलबार पोखरा रंगशालामा भएको उद्घाटनमा आयोजक सहारा क्लबलाई २–१ अन्तरले पराजित अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो । थ्री स्टारले १३ माघमा सेमिफाइनल प्रवेशका लागि पाहुना टोली भुटानको पारो फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेलको छैटौँ मिनेटमा थ्री स्टारका लागि कप्तान योगेश गुरुङले गोल १–० को अग्रता दिएका थिए । 

दिपेश आलेमगरले फ्रिकिकमा गुरुङले सानो डिबक्सबाट गोल गरेका हुन् । खेलको सुरुमै गोल खाएपछि दबाबमा परेको सहाराले खेलको २३औँ मिनेटमा १–१ को बराबरी गोल फर्काउन सफल भयो । आयोजक सहाराका लागि आशिष गुरुङले बराबरीमा ल्याएका हुन् । लक्ष्मण रुचालको फ्रिकिकलाई सदुपयोग गर्दै गुरुङले हेडिङ गोल गरेका थिए । खेलको ५९औँ मिनेटमा अनिष तामाङको आत्मघाती गोल गर्नु नै सहाराका लागि दुर्भाग्य बन्यो । थ्री स्टारका एन्जल महर्जनले प्रहार गरेको फ्रिकिक क्लियर गर्ने क्रममा तामाङको हेडिङ पोस्टभित्र छिरेको थियो ।

खेलमा थ्री स्टारका योगेश गुरुङ म्यान अफ दी म्याच घोषित भएका थिए । थ्री स्टार र सहाराको यो तेस्रो भेट हो । यसअघि ०६३ मा भएको प्रतियोगिताको सेमिफाइनलमा थ्री स्टारले सहारालाई ३–० ले हरायो । ०६९ को फाइनलमा थ्री स्टारले आयोजक सहारालाई १–० ले हराउँदै उपाधि जित्यो । थ्री स्टारले पाँचपटक र सहाराले एकपटक प्रतियोगिताको उपाधि जितेका छन् । 

जितपछि थ्री स्टारका प्रशिक्षक विक्रम लामाले योजनाअनुसार खेलाडीले जितका लागि मिहिनेत गरेको बताए । उनले क्वार्टरफाइनल खेलमा सुधारिएको प्रदर्शन गर्ने जनाए । सहाराका प्रशिक्षक सुनिल रानाले आत्मघाती गोलका कारण नै टोलीको दुर्भाग्य रहेको बताए । खेलाडीको खेलप्रति सन्तुष्ट जनाउँदै उनले एउटा गल्तीका कारण हार सामना गरेको जनाए । प्रतियोगिताअन्तर्गत बुधबार राइजिङ स्टार र त्रिभुवन आर्मीबीच हुनेछ । 

फुटबलर घलान सम्मानित
यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर आयुष घलान सम्मानित भएका छन् । आयोजक क्लबले ०७४ देखि प्रतियोगिताको उद्घाटनका दिन सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट एकजनालाई सम्मान गर्दै आइरहेको छ । हेटौँडा उपमहानगरपालिका १८ का घलानले ५० हजार पाँच सय ५५ रुपैयाँसहित सम्मानपत्र पाएका छन् । 
 

ad
ad