१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०८० पौष १६ सोमबार ११:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वन्यायाधीश पाैडेलको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० पौष १६ सोमबार ११:३५:००

सरकारले बालकुमारी घटनाकाे निष्पक्ष र वस्तुगत छानबिन गर्ने उच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेकाे छ। 

साेमबार बिहान सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश शेखर पौडेलकाे नेतृत्वमा गठन हुने जाँचबुझ आयोगमा पूर्वएआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जनाएकाे छ।

आयोगलाई उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन/विश्लेषण गर्ने, घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा–प्रबन्ध तथा सुरक्षा–योजनाको अध्ययन गरी त्यसमा भएका कमी–कमजोरी पत्ता लगाउने कार्यदिशा ताेकिएकाे छ।

यस्तै, बैठकले साे घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाबारे अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने निर्णय गरेकाे छ।

साथै आयाेगले आगामी दिनमा यसप्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको एक महिनाभित्र पेस गर्न निर्देशन दिएकाे छ।