१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपनिर्वाचनको परिणाम देश बलियो राष्ट्रिय शक्ति निर्माणमा अघि बढेको सन्देश हो : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:o८:oo

एमाले महासचिव शंकर पोखरेलले बझाङ र इलामको उपनिर्वाचनको परिणामबाट देश बलियो राष्ट्रिय शक्ति निर्माणतर्फ अघि बढेको सन्देश प्रवाह भएको बताएका छन्।

एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले सोमबार आयोजना गरेको युवाहरूको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन्।

‘हामी नीतिगत रूपमा मुलुकलाई सही बाटोमा डोर्‍याउने अभियानमा लागेका वेला अहिले जुन विजय यात्राको सुरुवात भएको छ, त्यस क्रममा तपाईं युवाहरूको पार्टी प्रवेश र सहभागिताले विजयी यात्रा बझाङ, इलाम हुँदै रामेछाप प्रवेश गर्नेछ,’ पोखरेलले भने, ‘एमाले नै बलियो र निर्णायक राष्ट्रिय शक्ति हो, र यसले गरिरहेको अभियानको नेतृत्व सही भन्ने स्थापित भएको छ।’

पछिल्लो आमनिर्वाचनमा पनि मतका हिसाबले एमाले नै पहिलो पार्टी भए पनि सिट संख्याका हिसाबले मात्र कांग्रेस पहिलो बनेको उनको भनाइ थियो।

‘हामी आमनिर्वाचनको समानुपातिक मतमा ४४ जिल्लामा पहिलो र ७ प्रदेशमध्ये ६ प्रदेशमा पहिलो थियौँ। भोट एमालेको, सिट कांग्रेसको बढी आएकाले गठबन्धनका कारण जनादेश सही रूपमा प्रतिबिम्बित हुनै सकेन। अब यो अवस्था परिवर्तन हुनुपर्छ,’ उनले भने।

पोखरेलले पार्टी स्थापना दिवसमार्फत नेपालको राजनीतिमा एमाले सबैका लागि स्वीकार्य राष्टिय शक्तिका रूपमा स्थापित हुने सामर्थ्य राख्छ भन्ने सन्देश दिएको दाबी गरे।

ad
ad