१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

‘सी’ डिभिजन लिगमा खेलाडी दर्ताबारे छानबिन गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:२७:oo

सहिद स्मारक ‘सी’ डिभिजन क्लब खेलिरहेका नौवटा क्लबले खेलाडी दर्तासम्बन्धी छानबिनको माग राखी अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ध्यानाकर्षण गराएका छन् । लिगमा आरसी ३२ ले खालीबारी युवा क्लब तथा महावीर क्लबबीचको खेलमा नियमविपरीत खेलाडी मैदानमा उतारेको दाबी ती क्लबले गरेका छन् । 

महावीर क्लब, खालीबारी युवा फुटबल, स्वयम्भू, सामाजिक युवा, झम्सीखेल युथ, मनोहरा एकीकृत युवा, पुल्चोक स्पोर्टस्, गोलबजार स्पोर्टस् र समाज कल्याण खेलकुद केन्द्रका पदाधिकारीले एन्फा अध्यक्ष नेम्वाङलाई खेलाडी दर्तामा छानबिनसँगै दोषीमाथि कारबाहीको माग राखेका हुन् । लिगमा एक खेलाडी एक क्लबमा मात्र दर्ता भएर खेल्न सक्ने नियम छ । तर, आरसी ३२ ले ‘बी’ डिभिजन क्लब झापा फुटबलमा आबद्ध सुमनबहादुर मगरलाई ‘सी’ डिभिजन लिग खेलाइरहेको छ । गत २२ चैतमा खालीबारीविरुद्धको खेलमा मगरले प्रतिस्पर्धा गरेपछि नौ क्लबले एन्फालाई पत्राचार गरेका थिए । 

एन्फाले कारबाहीको प्रक्रियामा रहेको भन्ने मौखिक जानकारी दिएको थियो । आरसी ३२ ले पुनः ४ वैशाखमा महावीर क्लबसँगको खेलमा मगरलाई टोलीमा सामावेश गरेको थियो । मगरले झापा क्लबबाट रिलिजपत्र ल्याए पनि खेलाडी दर्ता ४८ घन्टाअघि नै हुनुपर्ने फिफाको नियम भएको छ । यसैबीच क्लबहरूले गत २५ चैतमा हुने भनिएको ‘बी’ डिभिजन लिग अहिलेसम्म नभएको पनि आपत्ति जनाएका छन् । ‘बी’ डिभिजन लिग घोषणा नभए ‘सी’ डिभिजन लिग बीचैमा स्थगित हुन सक्नेमा पनि उनीहरूले सचेत गराएका छन् । 

ad
ad