१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ २ बुधबार १७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अब भीमदत्तका बोर्डिङ स्कुलले गत वर्षकै शुल्क लिने 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:१४:oo

अब भीमदत्त नगरका बोडिङ स्कुलले गत वर्षकै शुल्क लिने भएका छन्। भीमदत्त नगरपालिकाले सोमबार पालिका कार्यालयमा बसेको संयुक्त बैठकले सोही निर्णय गरेको हो।

भीमदत्त नगरपालिकामा भएको त्रिपक्षीय बैठकमा निजी विद्यालयका सञ्चालकदेखि प्याब्सन, एन प्याब्सनका सञ्चालकले शुल्क वृद्धि नगर्ने सहमति जनाएका छन्।

चालू शैक्षिक सत्र ०८१ मा कञ्चनपुरका निजी विद्यालय (बोडिङ स्कुल)ले विद्यार्थी भर्ना शुल्क वृद्धि गरेको, कमिसनमा पाठ्यक्रम परिवर्तन गरेको, निश्चित पसलबाट किताब, कापी, युनिफर्मसहितका शैक्षिक सामग्री खरिद गर्न लगाएर विद्यार्थी अभिभावकको ढाड सेक्ने काम गरेको भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले जिल्लाका पाँच बोडिङ स्कुलमा तालाबन्दी गरेको थियो।

बैठकमा तीनबुँदे सहमति भएको छ। क्रान्तिकारीको शुल्क वृद्धिविरुद्धमा गरिएको आन्दोलनमा निजी विद्यालयका सञ्चालकहरूले गत शैक्षिक सत्र ०८० कै शुल्क लिने सहमतिपछि क्रान्तिकारीले तालाबन्दी खोल्न सहमत भएको हो।

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवनसिंह विष्टले निजी विद्यालयका सञ्चालक, एनप्याब्सन, प्याब्सनका पदाधिकारी सहमत भएपछि ताला खोलेको बताए। 
 

ad
ad