१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विकास साझेदारले भने– नेपालमा लगानीको वातावरण बनेको छ

सत्ता र प्रतिपक्षी दलको समान धारणाको प्रशंसा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:५१:oo

विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको बताएका छन्।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार बिहान कार्यक्रमस्थल होटेल सोल्टीमा अर्थमन्त्री वर्षमान पुन अनन्तसँग साइडलाइट वार्ता गरेका थिए। त्यस क्रममा उनीहरूले सरकारले हालै मात्र कानुनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले लगनाी वातावरण बताएको बताए।

यस्तै उनीहरूले सत्तारूढ र प्रतिपक्षी दलबीच विकासबारेको समान धारणाको खुलेरै प्रशंसा गरे। सम्मेलन उदघाटन सत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेन्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएकातर्फ उनीहरूको संकेत थियो।

विकास साझेदारहरूले कानुनी र प्रक्रियागत सुधारबारे आगामी दिनमा पनि ख्याल गर्न सुझाए। नेपालका दलहरूमा देखिएको विकास र लगानीप्रतिको ऐक्यबद्धताले लगानीकर्तामा उत्साह थपिएको उनीहरूको भनाइ थियो।

बैठकमा मन्त्री पुनका साथै मुख्य सचिव वैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, राजस्वसचिव डा. रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मन्त्रालयका सहसचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए।

ad
ad