Skip This
बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा नियुक्तिका लागि सिफारिस समिति गठन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत ३० शुक्रबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ३० शुक्रबार १७:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा नियुक्तिका लागि सिफारिस समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ३० शुक्रबार १७:२८:oo

सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी नियुक्तिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस  समिति गठन गरेको हो।

समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको सिफारिस गर्न सरकारले समिति गठन गरेको हो।

सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगका सदस्य, मानव अधिकारकर्मी, मनोविज्ञानवेत्ता, कानुनविद्, विधिविज्ञानविज्ञ तथा महिला अधिकारकर्मी, समाजशास्त्री, द्वन्द्वविद्, शान्तिप्रक्रियामा संलग्न व्यक्तिमध्येबाट सदस्य रहने व्यवस्था छ।