१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १४:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जिल्ला अस्पताल उदयपुरमा मिर्गाैलासम्बन्धी रोगको उपचार सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:५८:oo

उदयपुर जिल्ला अस्पाताल उदयपुरमा मिर्गाैलासम्बन्धी रोगको उपचार सुरु भएको छ। मिर्गाैलाको ‘हेमो डाइलाइसिस’ उपचार गर्न अस्पतालमा चार शय्यासहितको पाँचवटा यन्त्र र उपकरण जडान गरी मंगलबारबाट सुरु भएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झाका अनुसार डाइलाइसिस उपचारका लागि जडान भएका पाँचवटा यन्त्र उपकरणमध्ये एउटा ‘ब्याकअप’को रूपमा राखेर बाँकी चारवटाबाट एकैचोटि चारजना बिरामीको डाइलाइसिस गर्न गरी उपचार सुरु गरिएको हो। 

अस्पतालले यसअघि हाडजोर्नी तथा नशारोग, दाँत, जटिलखाले गर्भवतीको अप्रेसन तथा पत्थरीको दूरबिनबाट अप्रेसनसहित उपचार सेवा गर्दै आएको थियो। डा. झाले डाइलाइसिस सञ्चालन गर्न चाहिने यन्त्र–उपकरण खरिद र व्यवस्थापनका लागि संघीय सरकार तथा स्थानीयतहहरूले सहयोग गरेको बताएका छन्। 

अस्पतालको भवनको पहिलो तलाको उत्तरतर्फका दुई कोठालाई ‘हेमो डाइलाइसिस उपचारकक्ष’ बनाइएको छ। संघीय स्वास्थ्य मन्त्रालयले दिएको ८५ लाख रकमबाट डाइलाइसिस गर्ने यन्त्र–उपकरण खरिद गरिएको छ भने त्रियुगा, कटारी र चौदण्डीगढी नगरपालिका तथा रौतामाई र ताप्ली गाउँपालिकाले दिएको २१ लाखले अन्य उपचारमा लाग्ने बन्दोबस्तीका सामग्री किनिएको अस्पताल प्रमुख झाको भनाइ छ।

अस्पतालकै कर्मचारीलाई प्राविधिक तालिम दिएर डाइलाइसिस उपचारमा खटाउन तीनजना प्राविधिकलाई मिर्गौला उपचारसम्बन्धी तालिममा पठाएर फर्किसकेका छन्। यस अस्पतालमा उदयपुरवासीलाई मात्र नभएर छिमेकी जिल्ला खोटाङसम्मका सर्वसाधारणले सेवा लिँदै आइरहेका छन्। 
 

ad
ad